विराटनगर । विराटनगर – ७ स्थित सत्यनारायण माध्यमिक विद्यालयका ६ दर्जन बढी बिद्यार्थीलाई छात्रबृति तथा पुरस्कार वितरण गरिएको छ । ५४ औं बाल दिवसको अवसर पारेर जेहन्दार छात्र–छात्राहरुलाई शुक्रबार पुरस्कार तथा छात्रबृति वितरण गरिएको हो ।

सुमनदेवी गोयल छात्रबृति कोषबाट उक्त बिद्यालयको कक्षा ९,१०,११ र १२ मा अध्यनरत १२ जना जेहन्दार छात्र–छात्रालाई नगद सहित पुरस्कृत गरिएको छ । जसमा कक्षा ९ र १० मा प्रथम, द्वितीय र तितृय हुने विद्यार्थीलाई जनही ३ हजार र कक्षा ११,१२ मा प्रथम,द्वितीय र तितृय हुने विद्यार्थीलाई जनही ४ हजार रुपैयाँ छात्रबृति प्रदान गरिरएको हो ।

यसैगरि रामनारायण मिश्र छात्रबृति कोषबाट बिद्यालयको कक्षा ११ र १२ अध्यनरत ३२ जन विद्यार्थीलाई जनही ३ हजारका रुपैयाँले छात्रबृति प्रदान गरिएको छ । विद्यालयले प्रदान गर्दै आएको शैक्षिक पुरस्कार यसबर्ष विद्यालय प्रथम हुने दुईजना विद्यार्थीलाई प्रयोगात्मक नेपाली शब्दकोष प्रदान गर्दै पुरस्कृत गरियो । कक्षागत प्रथम,द्वितिय र तितृय हुने ३६ जना विद्यार्थीलाई शैक्षिक सामाग्रि पुरस्कार स्वरुप प्रदान गरियो ।

यसैबीच विद्यालयको शैक्षिक गुणस्तर बृद्धि गर्ने अभिप्रायले समाजसेवी दिनबन्धु गोयलले सत्यनारयण स्कूलका विद्यालयलाई २ सेट कम्प्युटर प्रदान गरे । गोयलले विद्यालयका प्राचार्य धर्मानन्द खरेललाई कम्प्युटर सेट हस्तान्तरण गरे । यसअघि सुमनदेवी गोयल छात्रबृति कोषका संरक्षक एवम समाजसेवी गोयल, विद्यालयका प्रचार्य खरेल र विद्यालय ब्यवस्थापन समितिका कुलचन्द्र वस्तीले बिद्यार्थीहरुलाई छात्रबृति प्रदान गरेका थिए ।