मधुमल्ला । मोरङको मिक्लाजुङ गउँपालिका वडा नं. ७ मा अवस्थित भगवती माध्यमिक विद्यालयलाई २५ थान सिलिङ पंखा सहयोग हस्तान्तरण गरिएको छ ।

गर्मीयामको समयमा पंखाको अभाबमा दुःखपूर्ण तवरले अध्ययन गर्दै आएका विद्यार्थीहरुलाई शितलता दिलाउने उदेश्यले पंखा वितरण गरिएको हो । मिक्लाजुङ युवा मञ्चको संयोजनमा विभिन्न दाताहरुलाई सहयोगको आह्वान गरी पंखा संकलन गरिएको मिक्लाजुङ युवा मञ्चले जनाएको छ ।

आज (शुक्रबार) एक कार्यक्रमको अायाेजना गरी विद्यालयलाई पंखा हस्तान्तरण गरिएको मिक्लाजुङ युवा मञ्चका संयोजक बिनोद दर्नालले बताए । बिद्यालयमा विद्यार्थीको चाप अधिक रहेको भगवती मा.वि.मा आर्थिक अभावका कारण गर्मी समयमा विद्यार्थीहरुलाई सहज रुपमा पठनपाठनमा सहयोग पुगोस् भन्ने उद्धेश्यले पंखा वितरण गरिएको मिक्लाजुङ युवा मञ्चका अभियान्ता प्रवेश कुवंरले बताए । मिक्लाजुङ क्षेत्रका विविध प्रकारका समस्याहरुमा सहयोग पुर्याउने उद्धेश्यले मिक्लाजुङ युवा मञ्च गठन गरिएको र निरन्तर रुपमा अन्य विद्यालयहरुलाई समेत सहयोग गर्ने योजान रहेको युवा मञ्चका सदस्य गोपाल नेपालीले बताए ।

विद्यालयलाई पांखा हस्तान्तरणले राहत मिलेकोले सहयोगी मनहरुलाई विद्यालयको तर्फबाट वि.व्य.स. अध्यक्ष कोमल ढकाल र प्र.अ. प्रेम प्रकाश कोइरालाले धन्यबाद ज्ञापन गर्नु भएको थियो । सोही कार्यक्रममा युवा व्यवसायी सबिन श्रेष्ठले विद्यालयमा शुद्ध पिउने पानीका लागी १ थान फिल्टर को सहयोग गरेका छन ।