मधुमल्ला । राष्ट्रिय बाल दिवसको आवसर पारेर मिक्लाजुङ बाल सञ्जाल मिक्लाजुङले आयोजना गरेको मिक्लाजुङ अन्तर मा.वि. हाजिरी जवाफ प्रतियोगितामा मिक्लाजुङ–९ को निर्मल सिद्धार्थ अंग्रजी मा.वि.ले प्रथम स्थान हासिल गरेको छ ।
मिक्लाजुङका आठ माध्यमिक विद्यालयहरुको सभागिता रहेको सो प्रतियोगितामा सरस्वती मा.वि. मिक्लाजुङ–८ र भगवती मा.वि. मिक्लाजुङ–७ ले द्वित्तीय र तृतीय स्थान हासिल गरे । कार्यक्रमका प्रमुख अतिथि मिक्लाजुङ गाउँपालिका उपाध्यक्ष सरला राईले आजका बालबालिका भोलिका कर्णाधार भएकाले विद्यार्थीहरुको चौतफी विकासमा गाउँपालिका प्रतिबद्ध भएर लागी पर्ने बताएकी छन् । कार्यक्रम मिक्लाजुङ बाल संञ्जालका अध्यक्ष मनिष पोख्रेलको सभापतित्वमा सम्पन्न भएको थियो ।