विजयपुर । धरान उपमहानगरपालिकालाई २०७५ साल भित्रमा वालमैत्री नगर घोषणा गर्ने योजना अनुरुप शुक्रबार २० नम्बर वडालाई वालमैत्री वडा घोषणा गरिएको छ । १ नम्बर प्रदेशका सभामुख प्रदिपकुमार भण्डारीले वडालाई वालमैत्री वडाको घोषणा गरेका हुन् । यस अघि धरानका १३ र १४ नम्बर वडालाई वालमैत्री वडा घोषणा गरिएको छ ।वालमैत्री स्थानीय शासन कार्यान्वयन गर्दै वालमैत्री नगर घोषणा गर्ने अभियानमा धरान उपमहानगरापलिका रहेको धरान उपमहानगरपालिकाकी कार्यवहाक नगर प्रमुख मञ्जु भण्डारीले जानकारी दिइन । हामी वालमैत्री नगरको रुपमा धरानलाई उदाहरणीय बनाउने योजनामा छौ कार्यवहाक प्रमुख भण्डारीले भनिन् ‘यसका लागि आवश्यक गृहकार्य र पुर्वाधारहरु तयार भईरहेका छन् ।वालमैत्री वडा घोषणा हुन ३९ वडा सुचकहरु पुरागर्नु पर्ने प्राबधान छ । ‘ति सुचकहरु पुरागर्न हामी निरन्तर लागि परेका छौ उपमहानगरपालिकाका सामाजिक विकास महाशाखाका प्रमुख गणेशप्रसाद खतिवडाले भने । शुक्रबार भएको वालमैत्री वडा घोषणाको कार्यक्रममा धरानका बिभिन्न वडाका वडाध्यक्ष, कार्यवालिका तथा नगरसभा सदस्य,स्थानीय सुरक्षा निकायका प्रमुख,राजनैतिक दलका प्रतिनिधिहरुको उपस्थिती रहेको थियो । कार्यक्रमको अध्यक्षता २० नम्बर वडाका वडाध्यक्ष मणिराम राईले गरेका थिए ।कार्यक्रममा वालवालिका तथा स्थानीय कलाकारहरुले सास्कृतीक कार्यक्रमपनि प्रस्तुत गरेका थिए ।