भद्रपुर । संस्थाको वार्षिक साधारण सभाको अवसर पारेर विभिन्न विधामा तेह्र जनालाइ सम्मान तथा पुरस्कृत गरिएको छ । ज्ञानोदय शिक्षक बचत तथा ऋण सहकारी संस्था भद्रपुर–८ को नवौँ वार्षिक साधारण सभामा सेवा निवृत्त, उत्कृष्ठ, सन्तती पुरस्कार लगायतको विधामा सम्मान तथा पुरस्कृत गरिएको हो । संस्थाले शनिबार चन्द्रगढीमा आयोजना गरेको कार्यक्रममा निवृत्त सदस्य सम्मानबाट पार्वती ओझा,श्रीतिरानीदेव,विजया लक्ष्मी श्रेष्ठ,सागर कुमार रिजाल,बद्री उप्रेती,पावनी राजवंशी,रामचन्द्र आचार्य शर्मा र जीवनराज न्यौपानेलाइ सम्मान पत्र प्रदान गरिएको थियो । त्यसैगरी संस्थामा रहेर लामो समय सम्म योगदान पुर्याउने सह–सचिव गीता न्यौपाने,उत्कृष्ठ बचत तथा कर्जा तर्फ क्रमश पार्वती ओझा र मित्रलाल काफ्ले पुरस्कृत भएका थिए । त्यस्तै सदस्य सन्तती पुरस्कारबाट सामुदायिक र नीजि विद्यालयका शुसन दाहाल र रोजिना दाहाललाइ पुरस्कृत गरिएको थियो । संस्थाका अध्यक्ष भलाकाजी कठेतको सभापतित्व तथा भद्रपुर नगरपालिका मेयर जीवन कुमार श्रेष्ठको प्रमुख आतिथ्यमा सम्पन्न कार्यक्रममा आर्थिक वर्ष ०७४।७५ मा २६ लाख ८३ हजार १ सय २४ रुपैयाँ७९ पैसा आम्दानी गरी ५ लाख ७६ हजार ७ सय ४७ रुपैयाँ ६७ पैसा कर खर्चपछिको नाफा रहेको प्रतिवेदनमा उल्लेख छ । गत २०६६ सालबाट ५१ जना सदस्यबाट शुरु गरिएको सहकारी हालसम्म २ सय ७२ जना रहेका छन् । बन्द सत्रले आगामी तीन वर्षे कार्यकालको लागि नयाँ नेतृत्व चयन गर्ने जनाएको छ ।