धरान–१७ मा रहेको साकेला पार्क भित्र निर्माण गरिएको बाल उद्यान, गुलाफ बाटीका, फोहोरा बाटीका, जडिबुटि नर्सरी लगायत पार्क भित्र निर्माण गरिएको पानी ट्याङ्कीको उद्घाटन शनिबार गरिएको छ ।
चार विगाहा भन्दा बढी क्षेत्रफलमा रहेको साकेला पार्कलाई आदीवासी जनजातीको संस्कार संस्कृतिमा आवश्यक पर्ने विभिन्न बनस्पती तथा नेपालमा पाइने विभिन्न जडिबुटी बाटीकाको रुपमा विकास गर्ने लक्ष्य रहेको साकेला बनस्पती उद्यान व्यवस्थापन समितिका अध्यक्ष नगेशचन्द्र राईले बताए । साकेला वनस्पती उद्यानको उद्घाटन कार्यक्रममा प्रदेश सांसद उमिता विक, सावित्रि श्रेष्ठ, पूर्व एमालेका सुनसरी अध्यक्ष रमेश बस्नेत, पूर्व एमाले सुनसरी एक नं. क्षेत्रीय इन्चार्ज प्रकाश राई, किरात राई यायोक्खा सुनसरीकी अध्यक्ष कमला राई लगायतको उपस्थिति रहेको थियो ।