ताप्लेजुङ । ताप्लेजुङको मिक्वाखोेला गाउँपालिका–३ लिवाङमा करेण्ट लागेर एक जनाको मृत्यु भएको छ । बिजुलीको तार तान्ने क्रममा करेण्ट लाग्दा ३० वर्षिय मनकुमार शेर्पाको मृत्यु भएको हो ।

घटनास्थलमा प्रहरी पुगेर कानुनी प्रक्रिया पुरा गरि शव पोष्ट मार्टमका लागि जिल्ला अस्पताल ल्याइ गरिएको जिल्ला प्रहरी कार्यालय ताप्लेजुङले जनाएको छ ।

शुक्रबार बेलुका विद्युत् अवरुद्ध भएपछि साविकको खोक्लिङ ७ मा अपरेटर सहित शेर्पा विद्युत् बनाउन गएका थिए । विद्युत्को पोलमा तार टाँगेर नजिकैको विवाहमा लैजाने क्रममा शेर्पालाई करेण्ट लागेको हो । लिवाङमा स्थानीय हाँडी खोलाबाट विद्युत् निकालिएको छ ।