विराटनग । बिदेश जाने विद्यार्थीहरुका लागि शैक्षिक परामर्श सेवा प्रदान गर्दै आएको अल्फाबिटाले पूर्वको तीन सहरमा शैक्षिक मेला गर्ने भएको छ ।
‘अल्फाबिटा स्टडी एब्रोड क्यारियर फेयर २०१८’ नाम दिएको शैक्षिक मेला विराटनगर, धरान र इटहरीमा गर्ने भएका हुन् । अल्फाबिटाले विराटनगर शनिबार पत्रकार सम्मेलन गरि यस्तो जानकारी दिए । आइतबार धरानमा सोमबार विराटनगरस्थित नमस्कार होटल र मंगलबार इटहरीमा हुने अल्फाबिटा कन्सलटेन्सीको विराटनगर प्रबन्धक टिका ढकालले जानकारी दिए ।
उनका अनुसार फेयरमा अस्टेलिया, अमेरीका, युरोप र भारतका विश्वविद्यालय तथा कलेजका प्रतिनिधिहरुले उच्च शिक्षाकालागि बिदेश जान चाहाने विद्यार्थीहरुलाई जानकारी गराउने छन् ।
२० वटा स्टल राखिएको फेयरमा अष्टेलीयाबाट मात्र १४ वटा स्टल रहनेछ । फेयरमा एक हजार पाच सय विद्यार्थीहरु सहभागि हुने अपेक्षा राखिएको ढकालले जानकारी दिए । विराटनगर इटहरी र धरानमा पाँच सय विद्यार्थीहरुले अवलोकन गर्ने अनुमान गरेको उनले बताए ।