पानवारी । धरान–भेडेटार सडक खण्डमा दुर्घटना हुदाँ दुईजना घाइते भएका छन् । शनिबार बिहान खादबारीबाट यात्रु बोकेर इटहरीतर्फ आउँदै गरेको को १ ज ३२३४ नं. को भेन धरान–भेडेटार सडक खण्डमा पर्ने आपगाछी माथीको घुम्तिमा दुर्घटना भएको थियो । दुर्घटनामा परेर इटहरी ८ बस्ने चन्द्रमाया अधिकारी र सर्लाही हरिवन २ का जनम कार्की घाइते भएका छन् । उनीहरु दुवैजनाको उपचार विपि कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा भइरहेको इलाका प्रहरी कार्यालय धरानका डिएसपी सुमनकुमार तिम्सिनाले बताएका छन् ।