पानवारी । धरान–१० स्थित भाटभटेनी सुपरमार्केट नजिकै झगडा हुँदा एक युवा घाइते भएका छन् । झगडा हुँदा संखुवासभाका नाम्जा शेर्पाले छुरा प्रहार गर्दा धरान–१८ का आशिष लिम्बू घाइते भएको इलाका प्रहरी कार्यालय धरानले जनाएको छ । दुई जनाबीच लागु औषधको विषयमा विवाद बढ्दै गएर झगडा भएको प्रहरीले जनाएको छ । छुरा प्रहारबाट सामान्य घाइते भएका लिम्बू उपचार पछि घर फर्किसकेको समेत प्रहरीले जनाएको छ ।
भाटभटेनी सुपरमार्केट पछाडी झगडा, छुरा प्रहारबाट एक घाइते
प्रतिक्रिया ०
अहिलेसम्म कुनै प्रतिक्रिया छैन
यस समाचारमा पहिलो प्रतिक्रिया तपाईंकै होस्।

































