धनकुटा । प्रदेश नं.१ का सामाजिक विकास मन्त्री जीवन घिमिरेले हाल संचालनमा रहेका सहकारी संस्थाहरु पछिल्लो समयमा आशे बानीले गर्दा सहकारीहरु बिग्रीदै गएको बताएका छन् ।
धनकुटा नगरपालिका वडा नं.७ हुलाकटोलमा संंचालनमा रहेको त्रिवेणी कृषि उपभोक्ता सहकारी संस्था लिमिटेडको १० औं वार्षिक साधरणसभाको समुद्धघाटन गर्दै सामाजिक विकास मन्त्री घिमिरेले यस्तो बताएका हुन । कार्यक्रमका प्रमुख अतिथि समेत रहेका मन्त्री घिमिरेले कार्यक्रमलाई सम्वोधन गर्दै सहकारी संचालकहरुलाई यस्तो सुझाव दिए “सहकारी चलाउने नै हो भने घिटिक–घिटिक पारेर नचलाउँ, बरु बन्द गरौं, हैन भने कसैले देलाकी भनेर आशको भरमा सहकारी चल्दैन ।” उनले सरकारी संचालकहरुले स्थानिय सरकार पनि आफ्नै, प्रदेश सरकार पनि आफ्नै, केन्द्रको सरकार पनि आफ्नै भन्दै बसियो भने समृद्ध नेपाल, सु :खी नेपालीको नारा पुरा नहुने बताए । उनले अहिलेको अवस्थामा प्रदेस सरकारले सहयोग गर्छ भनेर आशा चाँही गर्नु तर भर चै नपर्नु भन्दै ठट्टेउली समेत गरेका थिए । साथै, सहकारी प्रतिको वुझाई र मुल्य मान्यताको कमी भयो भने सहकारी संचालन हुन नसक्ने ठोकुवा गर्दै मन्त्री घिमिरेले भने “प्रदेश सरकारले सहकारीलाई उच्च प्राथमिकतामा राखेको छ । ”
सो अवसरमा कार्यक्रमका विशिष्ट अतिथि धनकुटा नगरपालिकाका प्रमुख चिन्तन तामाङले सहकारी संचालन सम्वन्धि सम्पुर्ण जिम्मेवारी स्थानिय सरकारलाई आएको हुँदा सहकारीसंग सरोकार राख्ने सम्पुर्ण संघ संस्थाका प्रमुख एवं प्रतिनिधिहरुसंग वृहत छलफल गर्ने बताएका छन् । तामाङले सहकारी संचालन सम्वन्धि धनकुटा नगरपालिकाले नीति नियममा वाँध्न ऐन निर्माण गसिकेको वताए । सहकारी राज्यको तिन खम्वे अर्थ नीति भित्र पर्ने भएकाले स्थानिय सरकारले सहकारीलाई पहिलो प्राथमिकतामा राखेको प्रमुख तामाङले वताएका छन् । त्रिवेणी कृषि उपभोक्ता सहकारी संस्था लि.का अध्यक्ष डिल्लीश्वर दर्नालले संस्थाको तर्फवाट आ.व.०७४/०७५ को ६८ लाख, २३ हजार, ६ सय २७ रुपयाँ बराबरको आय–व्याय प्रश्तुत् गरेका थिए । त्यसैगरी आ.व.०७५/०७६ को लागी ८२ लाख, २३ हजार, ६ सय २७ रुपयाँ बराबरको अनुमानित आय–व्याय पक्षेपण गरेका छन् । सो अवसरमा दर्नालले जम्मा शेयर पुँजी ८ लाख, ५५ हजार, ३ सय, सामान खरिद ४८ लाख, ४८ हजार, ३ सय ७५ रुपयाँ, सामान विक्री ५० लाख, २८ हजार, ४ सय ५४ रुपयाँ, खुद नाफा १ लाख, ८० हजार, ७९ रुपयाँ रहेको वताए । त्यसैगरी सहकारीमा जिन्सी मौजाद मालको ९ लाख,५३ हजार, ३ सय ७५ रुपयाँ, आ.व.०७४/०७५ मा जम्मा कारोवार ६८ लाख २३ हजार, ६ सय २७ रुपयाँको भएको अध्यक्ष दर्नालले वताएका छन् । सो अवसरमा संस्थाको लेखा प्रतिवेदन लेखा समितिका संयोजक लावन्य पाख्रेलले प्रश्तुत् गरेका थिए ।
त्रिवेणी कृषि उपभोक्ता सहकारी संस्था लि.का अध्यक्ष डिल्लीश्वर दर्नालको अध्यक्षतामा सम्पन्न दशौं साधरणसभाको समुद्धघाटन सत्रमा संस्थाका शेयर सदस्य प्रदेश सांसदद्धय निरन राई र इन्द्रमणी पराजुलीलाई संस्थाको तर्फबाट सम्मान पत्र र खदा ओढाएर सम्मान गरिएको थियो । सम्मानित सांसदद्धयलाई प्रदेश नं.१ का सामाजिक विकास मन्त्री जीवन घिमिरे र संस्थाका अध्यक्ष डिल्लीश्वर दर्नालले सम्मान पत्र र खदा ओढाएका थिए । कार्यक्रममा प्रदेश सांसद कुसुम कुमारी श्रेष्ठ, जिल्ला सहकारी संघका अध्यक्ष सुन्दरबाबु श्रेष्ठ,नेकपाका नेता दुर्गा लिङ्गखा लगायतको उपस्थिति रहेको थियो ।
कार्यक्रमको संचालन संस्थाका संचालक समिति सदस्य सन्तवीर लामाले गरेका थिए भने स्वागत मन्तव्य उपाध्यक्ष सुर्यकला खनालले राखेका थिए । उद्धघाटन सत्र पछि आयोजित बन्द सत्रले संस्थाका सल्लाहकार संयोजक कमल कुमार लामीछानेको अध्यक्षतामा सात सदस्यीय नयाँ कार्य समिति समेत चयन गरिएको छ ।