धरान/ पूर्वको पहिलो ठूलो आकारको रङ्गीन दैनिक ब्लाष्ट टाइम्सले दशैँतिहारलगायतका चाडपर्वलाई मध्यनजर गर्दै ग्राहक योजनाअन्तर्गत बम्पर उपहार प्रदान गर्ने भएको छ ।
बम्पर उपहारसँगै ब्लाष्ट पत्रिकाको ग्राहक बन्दा पाठकले हात खाली नजाने उपहारहरू प्राप्त गर्ने ब्लाष्टका उप–प्रबन्ध निर्देशक दीपेन्द्रकुमार कार्कीले जानकारी दिए । बम्पर उपहार योजनाअन्तर्गत ब्लाष्ट व्यवस्थापनले पूर्वका मुख्य–मुख्य शहरमा बजार प्रतिनिधि खटाएको छ । यी शहरहरूका विभिन्न स्थानमा स्टलसमेत राखेर ग्राहकलाई सेवा प्रदान गरिरहेको छ । बम्पर अफर अन्तर्गत पहिलो भाग्यशाली विजेतालाई यामाहाको जेडआर स्कुटी, दोस्रो विजेतालाई सिजीको रेफ्रिजेरेटर र तेस्रोलाई सिजी ब्राण्डको एलइडी टिभी साथै अन्य विजेतालाई सुनको सिक्री, चा“दीको सिक्का, सिजीको मोबाइल, माउण्टेन बाइक, टाइटनको नाडी घडीलागायत अन्य आकर्षक उपहारहरू प्रदान गरिनेछ ।
ब्लाष्टको बम्पर अफर १ नम्बर प्रदेश र दुई नम्बर प्रदेशका जिल्लाहरूमा लागू गरिएको छ ।