बेलबारी / १ नम्बर प्रदेशका कानुन मन्त्री हिक्मत कार्कीले भगौडा र काम नगर्ने ठेकेदारलाई कारवाही गर्ने बताएका छन् ।
शनिबार मोरङको लालभित्तिमा रमिते सामुदायिक बन उपभोक्ता समितिको तेस्रो वार्षिक साधारणशभालाई उद्घाटन गर्दै उनले योजनाको ठेक्का लिने तर ठेक्का अधुरो छाडेर काम नगर्ने ठेकेदारहरुलाई कारवाही प्रक्रिया गरिने बताएका हुन् । अनुशासित,इमान्दार हामी आफै नभएकै कारण देशमा ढिला सुस्ति भएको भन्दै मन्त्री कार्कीले आफ्नो जिम्मेवारी पुरा नगर्ने जो कोहिलाई पनि कार्वाही गरी छाड्ने बताएका छन् । त्यसैगरी राम्रो काम गर्ने स्थानीय तहलाई भने छनौट गरी पुरस्कार बितरण गर्ने बताएका छन् । नगरपालिकालाई ७ करोड र गाँउपालिकालाई ५करोड बराबरको परियोजना संचालन गर्न दिईने उनले बताए । उनले प्रदेश नम्बर १ को बिकास गर्न निर्माण कम्पनि आफै बनाउने समेत बताए । साथै प्रदेश सरकारले बिराटनगर बिमानस्थललाई अन्तराष्ट्रिय बिमान स्थल बनाउनका लागी काम अगाडि बढाइएको अन्ताराष्ट्रियस्तरको जातिय संग्राहलय पथरीशनिश्चरेमा बनाईने योजना बढाइएको उनले बताएका छन् ।
कार्यक्रममा विशिष्ट अतिथि प्रदेश सांसद राजकुमार ओझा , बेलबारी नगरका नगरप्रमुख ज्ञानेन्द्र सुवेदी, जिल्ला वन कार्यालय मोरङा डिएफओ डा. विनोद देवकोटा, नेकपाका बेलबारी संयोजक ईरान राई, नेपाली काँग्रेसका नगर सचिव राजेश खत्री , सामुदायिक वनका सल्लाहकार दुर्गा गौतम लगायतले शुभकामना मन्तव्य राखेका थिए ।कार्यक्रममा समितिका अध्यक्ष प्रेमबहादुर राईले वार्षिक प्रतिवेदन,कोषाध्यक्ष नरहरी भण्डारीले आर्थिक प्रतिवेदन पेश गरेका थिए । प्रस्तुत प्रतिवेदन अनुशार १ करोड ८५ लाख १८ हजार ८ सय ६६ रुपैया आम्दानी रहेको छ । त्यसैगरी समितिको ६७ लाख ५९ हजार २ सय ९६ रुपैया बैंक मौज्दात रहेको छ । समितिले गरिब तथा जेहेन्दार विद्यार्थीहरुलाई ७ हजार ६ सयको दरले छात्रवृत्ति रकम पनि प्रदान गरेको छ ।
प्रतिवेदनमा उल्लेख भए अनुशार समितिले रमिते पर्यटन क्षेत्र निर्माण,तटवन्ध लगायत विभिन्न संघसंस्थाले गरेको सामाजिक कार्यमा सहयोग गर्दै आएको छ ।