इटहरी/ बलात्कारपछि हत्या गरिएकी कञ्चनपुरकी निर्मलाको न्यायका लागि इटहरीमा प्रर्दशन भएको छ । इटहरीमा पनि स्वतन्त्र नागरिकको तर्फबाट निर्मलाको हत्यारालाइ कारवाही गर्न माग गदै प्रर्दशन गरेका हुन ।  अधिकारकर्मी योशा गुरागाईले महिला हिंसाको विषयलाइ शक्ति र सत्ताको आडमा दबाउन नहुने बताईन् । सामाजिक अभियन्ता हिरा आचार्यले सरकार लाचार भएको आरोप लगाउँदै उनका परिवारलाई न्याय दिलाउँन माग गरेका थिए । गत साउन ११ गते बलात्कार पछि हत्या गरिएकी निर्मलाका दोषि अझै पत्ता लाग्न सकेको छैन । फदेशैभर महिला हिंसा विरूद्ध प्रदर्शन भैरहेकाे भएपनि हिंसा न्युनिकरण हुन सकेकाे छैन ।