भारतीय बन्दुकधारीले गाेली हानी एककाे हत्या (भिडियाेमा हेर्नुहाेस्)
धरान । भारतीय बन्दुकधारीले गाेली प्रहार गरेर हरिनगगराका एक शिक्षककाे हत्या गरेका छन् । हरिनगरा स्थित राेहियन बाेर्डिङ स्कुलका प्रिन्सिपल खुसीद अालम माथी गाेली प्रहार गरी भारतीयहरू भारततर्फ भागेकाे स्थानीयले जनाएका छन् ।
स्थानीयले बताए अनुसार भारतीय नम्बरप्लेटकाे माेटरसाइकलमा अाएका बन्दुकधारीले प्रहरीकै अगाडी गाेली प्रहार गरी भागेका हुन् । सुनसरीका प्रमुख जिल्ला अधिकारी प्रेमप्रकाश उप्रेतीका अनुसार घटना पछि बाेर्डरमा चेकजाँच गरिरहेका प्रहरीलार्इ समेत गाेली हानेर बन्दुकधारी भागेका छन् । प्रहरीकाे खुट्टामा गाेली लागेकाे छ । घटना बारे थप विवरण अाउन बाँकी छ ।
ब्लाष्ट खबर YouTube भिडियो समाचारका लागि सब्स्क्राइब गर्नुहोस्
Subscribe
प्रतिक्रिया ०
अहिलेसम्म कुनै प्रतिक्रिया छैन
यस समाचारमा पहिलो प्रतिक्रिया तपाईंकै होस्।

































