धरान/यातायात मजदुरको नाममा गरिएको यातायात बन्द र पेट्रोलियम ढुवानी चालकहरुको आन्दोलनका कारण पुर्वमा पेट्रोलियम पदार्थको अभाब सुरु भएको छ ।

पेट्रोलियम पदार्थको अभाब भएपछि सर्वसाधरणहरुले सास्ती खेप्नु परेको छ ।बजारमा महङगो मुल्यमा बेच्न राखिएको पेट्रोलबाट मोटरसाईकल तथा अन्य सवारीहरु चल्न बाध्य छन् ।अहिले धरानका कुनैपनि पम्पममा तेल वितरण गरिएको छैन ।

बन्द खुलाउन र ढुवानी चालकहरुको आन्दोलनको बिषयमा सरकारी पक्षबाट समाधानको पहल समेत गरिएको छैन ।