सुनसरीको हरिनगरमा गाेली हानी हत्या गरिएका स्थानीय एमाले नेता तथा स्थानीय शिक्षासेवी मौलाना खुर्सिद आलम अन्सारी लाइ गाेली हान्नेलाइ पक्राउ गर्न किन प्रहरी असफल भयाे भन्ने बिषयले अहिले चर्चा पाएकाे छ । अालमलाइ गाेली हानेर फरार हुदै गरेका हत्यारा भाग्दै गरेकाे जानकारी पाएकाे प्रहरीले पक्राउ गर्न सकने ।
उक्त समुहले प्रहरी माथिनै गाेली हानेर फरार भयाे ।गाेली हानेर अपराधी भाग्दै छ भन्ने सुचना पाएपछि एक जना मात्र प्रहरी सडकमा पठाउनुले याे घटनालाइ प्रहरीले सामान्य रूपमा लिएकाे थियाे भन्ने शंका उत्पन्न हन्छ ।ब्लाष्टले अपराधीहरूकाे हानेकाे गाेलीबाट घाइते भएका प्रहरी जवान सँग कुराकानी गरेका छाै । यस्ताे छ प्रहरी जवान
शिव पाैडेलकाे भनाइ
हरिनगरा भुटाहामा भारतीय मोटरसाइकलमा आएका हतियारधारीले एक जनाको हत्या गरी घुस्कितर्फ भागेको भन्ने सूचना आयो । खबर पाएकाे प्रहरी कार्यालयमा विहानको खाना खाइसकेको मात्र थिए । हरिनगरा भुटाहामा भारतीय मोटरसाइकलमा आएका हतियारधारीले एक जनाको हत्या गरी घुस्कितर्फ भागेको भन्ने सूचना आयो ।
सुचना लगत्तै म थ्रि नट थ्रि राइफल बोकेर घुस्की चोक तर्फ आए । उनीहरु पनि ठ्याक्कै त्यही आइपुगेका रहेछन् । बाइकको पछाडी बसेकोले हतियार कक गरेको रहेछ, ठ्याङ ठ्याङ गोली हान्यो । मैले राइफल बोकेको थिँए, युनिफर्ममा थिए उनीहरुले चिनेर गोली हाने । बजारमा भिड थियो भिडको कारण मैले फायर खोल्न सकिन ।
मलाई गोली लागेपछि म त होपलेस भइहाले । उनीहरुले ३÷४ राउण्ड फायर गरे तर मलाई २ गोली लाग्यो । कम्मर र तिघ्रामा गोलीले छेडेर निस्केको छ ।