भुटाहा (सुनसरी)/ सुनसरीको हरिनगर गाउँपालिका– २ भुटाहाका ५५ वर्षिय खुर्सिद अन्सारीको गोली प्रहार गरि हत्या गर्ने पेसेवर सुटर प्रहरीको आपसी समन्य हुन नसक्दा भाग्न सफल भएको स्थानियले बताएका छन् ।
हत्या गरेको स्थानदेखी पाँच सय मिटर उत्तर– दक्षिणमा रहेको भुटहा प्रहरी चौकी, करिब ८ किलोमिटर दक्षिणमा रहेको प्रहरी चौकी घुस्कीहाट र सशस्त्र प्रहरी बल बोर्डर आउट पोष्ट घुस्कीबिच समन्वय हुन नसक्दा अपराधी उम्कन सफल भएको स्थानिय बताउँछन् ।
खुर्दिले सञ्चालन गरेको रैप्यान नेशनल बोर्डिङ स्कुलको बैठक सकेर चिया खाएपछि घरतर्फ जाँदै गर्दा स्कूल अगाडी ५० मिटर बिच सडकमा अन्सारीमाथि गोली प्रहार भयो । पल्चर र आपचीमा नम्बर प्लेट सेतो भएको भारतीय दुई वटा मोटरसाइकलमा आएका सुटरले उनीमाथि ३ गोली बर्साएका थिए । पहिलो गोली दाँया कञ्चट, दोस्रो गोली दायाँ कोखमा र तेस्रो गोली दाइने खुट्टामा गोली लागेका उनको घटनास्थलमै मृत्यु भयो ।
गोली चलेको आवाज सुन्ने वित्तिकै स्थानीयबासीले असाइनको कमाण्डमा बस्ने भुटहा प्रहरीलाई फोन गरे । तर, समयमा फोन नउठेको स्थानीयको गुनासो छ । केही ढिलै भए पनि घुस्की प्रहरी चौकीको टोली त्यहाँ आइपुगे । घुस्कीका प्रहरी आइपुग्दा अपराधी खुल्ला सिमातर्फ फरार भएका थिए । स्थानियले गोली प्रहार गर्ने सुटर दक्षिण घुस्कि हुँदै सिमा नाकाबाट भारतर्फ गएको प्रहरीलाई जानकारी दिए । तर, भुटहा प्रहरीले तत्काल घुस्कीको प्रहरी र सिमा बोर्डर आउट पोष्ट घुस्कीको सशस्त्रलाई खबर नगर्दा अपराधी सजिलैसँग भारतर्फ भाग्न सफल भएको स्थानिय बताउँछन् ।
‘सुटरबाट गोली प्रहार गरि हत्या गरेको र हत्यारधारीहरु दक्षितर्फको सिमानाकातर्फ फरार भएको स्थानियले प्रहरीलाई जानकारी दिने बितिकै भुटहा प्रहरीले करिब आठ किलोमिटरको दुरीमा रहेको घुस्कि र सिमा सुरक्षाका सशस्त्र प्रहर्री खबर गर्नुपर्ने हुन्थ्यो,’ हनीनगर २ भुटवाका स्थानिय जलाल अन्सारीले भने, ‘गोली प्रहार गरी अपराधी भागेको खबर घुस्की र सिमा सुरक्षाको प्रहरीलाई स्थानियले खबर गरेका थिए । प्रहरीले समयमा सबै टोली फिल्डमा नउत्रिँदा अपराधी भाग्न सफल भए ।’
सशस्त्र प्रहरी बल नेपाल बोर्डर आउट पोष्ट घुस्कीका सशस्त्र प्रहरी निरीक्षक दिलकुमार पन्तले समयमा घटनाको सूचना नआएर समस्या भएको बताए । ‘घटना हुने बितिक्कै भुटहा प्रहरीबाट जानकारी पाएको भए सजिलैसँग अपराधीलाई नियन्त्रणमा लिन सकिन्थ्थो,’ उनले भने । प्रहरी चौकी घुस्कीका असइ शिव शर्माले पनि घटना बारे भुटहा प्रहरीले जानकारी ढिलो आएको बताए ।
प्रहरीकै अगाडीबाट यसरी फरार भए अपराधी
खुर्सिद अन्सारलाई भुटवा बजार अगाडी आफ्नो विद्यालयभन्दा ५० मिटर दक्षिण गएपछि पछाडीबाट दुई वटा मोटरसाइकलमा आएको हत्यारधारिले गोली प्रहार गरेको प्रत्यक्षदर्शी बताउँछन् । ‘स्थानिय बजारमा चियाँ खाएपछि घरतर्फ जाँदै थिए,’ स्थानिय जलान अन्सारीले भने, ‘अज्ञात व्यक्तिले प्रहार गरेको गोली उनको बायाँ कञ्चटमा र पश्चिमपट्टीबाट प्रहार गरेको गोली दायाँ कोखमा लागेर मोटरसाइकल चालक अमिनको जीउमा ढले । चालक अमिनले सुरुमा मोटरसाइकलको टायर पडेको आशंका गरे । दोस्रो गोली पुन बर्सिएपछि खुर्सिदको जीउबाट रगत बगेको देखेपछि मात्रै गोली प्रहार भएको थाहा पाएको थियो ।’
आक्रमणकारी दुबैले हेलमेट र मास्क लगाएको स्थानीयले बताए । खुर्सिदलाई गोल प्रहार गरि हत्या गरेपछि बन्दुकधारीको दुबै मोटरसाइकल तीब्र गतिमा दक्षिणतर्फ लागेको स्थानिय बताउँछन् । दुईवटा मोटरसाइकलमा आएका बन्दुकधारीले खुर्सिदलाई ११ बजेर ३ मिनेटमा गोली प्रहार गरी हत्या गरेको प्रहरीले जनाएको छ । खुर्सिदलाई गोली प्रहार गरी भारतीय सीमानातर्फ भागेका बन्दुकधारीहरुलाई स्थानीयबासीले मोटरसाइकलमा पछ्याउँदै भारतीय सीमानासम्म गएका थिए । भूटहाबाट करिब ८ किलोमिटर दुरीमा रहेको दशगजा क्षेत्र पुग्न केही कालोपत्रे र बाँकी खाल्डैखाल्डो भएको ग्राभेल सडक छ । दुबै मोटरसाइकलमा २÷२ जना सबार बन्दुकधारीहरुले तीव्र गतिमा मोटरसाइकल कुदाउँदै भागेको स्थानीय बताउँछन् ।
घटनापछि भुटहाका स्थानीय सम्साद अन्सारीले घुस्कीमा हार्डवेयर पसल गरिरहेका आफ्ना आफ्न्त इसा अन्सारीलाई घटनाबारे जानकारी गराउँदै दुबै मोटरसाइकललाई रोक्न भन्दै फोन गरे । इसाले तत्काल प्रहरी चौकी घुस्कीका असय शिबकुमार शर्मालाई जानकारी गराएर पसलमा काम गर्नेलाई मोटरसाइकल रोक्न सडकमा उभ्याउन भ्याएको बताए ।
फोनमा कुरागर्दै गरेको अवस्थामा घुस्कि बजारमा दुबै मोटरसाइकल आइपुगेको उनले बताए । ‘घुस्की बजारमा मासिनहरुको चहलपहल देखेर बन्दुकधारीहरुले मोटरसाइकलको गति कम गरे,’ उनले भने, ‘अगाडीको अपाचे मोटरसाइकलका चालकको कलर समात्नेबित्तिकै पछाडी बसेका व्यक्तिले मेरो हातमा हानेर छुटाइदियो र गति बढाएर गइहाले,’ उनले भने, ‘सय मिटरको दुरीमा तत्काल प्रहरी चौकीका सेन्ट्रीमा रहेका जवान शिबलाल पौडेल राइफल लिएर सडकमा आइसकेको थियो । पछाडी रहेको पल्सर मोटरसाइकलमा पछाडी बसेको व्यक्तिले तत्काल प्रहरी जवानमाथि तीन फायर गरे । एउटा गोली तिघ्रामा लाग्यो । उनी घाइते भएर लडे ।’ त्यतिकैमा असय शर्मा पनि आइपुगेर प्राथमिक उपचार गराउन तिर लागेको उनले सुनाए ।
स्थानियले तीन किलोमिटर लखेटे बन्दुकधारीलाई
हरिनगर गपा घुस्कीका मुस्तुफा अन्सारीले आफ्नो बुलेट मोटरसाइकलमा बन्दुकधारीको पछि लागेको बताए । भुटहा बजारमा घटना घटाएको जानकारी पाएपछि उनले बन्दुकबधारीसँगै दशगज्जासम्म गएको बताए । घुस्कीस्थित सीमा सुरक्षाका लागि ५ सय मिटर उत्तर डियूटीमा खटेका तीन जनाको सशस्त्र प्रहरीको टोलीलाई बन्दुकधारीले गाली गर्दै बाटो छोड्न भनेको प्रत्यक्षदर्शीले बताए ।
मुस्तफाले आफूले सशस्त्र प्रहरीलाई बन्दुकधारीमाथि फायर गरेर भएपनि रोक्न आग्रह गर्दा फायर खोल्न आदेश नभएको बताए । बन्दुकधारीले सीमावर्ती भारतीय बजार घुर्नामा भारतीय एसएसबी रहेकोले दशगज्जाबाट पूर्व करिब एक किलोमिटर गएर १ सय २१ नम्बरको नेपाल–भारत छुट्याउने जंगे पिल्लर नजिक भारतको जटबरा गाउँ प्रवेश गरेको प्रत्यक्षदर्शीले बताए ।
दशगज्जा कट्ने क्रममा बन्दुकधारीहरुको दुबै मोटरसाइकल लडेको मुस्तफाले बताए । त्यति बेला उनहिरुले यहाँबाट भागिहाल होयन भने मारिदिने चेताबनी दिएपछि आफू फर्केको उनले सुनाए ।
हत्यारा पक्राउ गरि हदैसम्मको कारवाहीको माग
खुर्सिद अन्सारीको हत्यापछि उनकी श्रमिती फोजिजाले हत्यारा तत्काल पक्राउ गरि हदैसम्मको कारवाहीको माग राखेकि छिन् । श्रीमानको हत्यापछि भावविहन भएकी फोजिजाले दिनदवाडै गोलीप्रहारबाट हत्या भएको श्रिमानको हत्या चाँडो पक्राउ गर्न सरकारसमक्ष माग राखेकी छिन् । खुर्सिदका श्रीमति, तीन छोरी÷ ३ छोरा रहेका छन् ।