विराटनगर/ यही असोज १३ गते हुने नेपाल जनस्वस्थ्य संघ नेपालको केन्द्रीय निर्वाचनको लागि उम्मेदवारी दिएको प्रगतिशिल समूले धमाधम अन्तक्रिया कार्यक्रम गर्दै आएका छन् ।
अध्यक्षाका उम्मेदवार डा. महोनकृष्ण श्रेष्ठसहितको १५ जनाको कार्यसमितका उम्मेदवारहरु अहिले ७ वटै प्रदेशमा अन्तक्रिया कार्यक्रम गर्दैछन् ।
प्रदेश नम्बरको १ को अस्थायी राजधानी रहेको विराटनगरबाट प्रगतिशल समूहले मतदातासँग आफनो एजेन्डा सुनाउँदै आन्तरक्रिया कार्यक्रम प्रारम्भ शनिबारदेखि गरेको सदस्यको उम्मेदवार कैलाश खाकी श्रेष्ठले जानकारी दिए । ७ वटै प्रदेश र काठमाण्डौसहित ८ स्थानमा मतदान हुने भएकोले सबै ठाउँमा प्रगतिशिल समूहका उम्मेदवारले आफनो एजेन्डा सुनाउँदै कार्यक्रम गर्दै आएको उनले बताए ।
प्रगतिशिल समूह बनाएर नेपाल जनस्वास्थ्य संघको अध्यक्षमा डा. मोहनकृष्ण श्रेष्ठ, उपाध्यक्षमा सुर्दशन पौडेल, महासचिबमा चित्रजंग शाही, कोषाध्यक्षमा रमेश भट्ट, सचिब दिपेन्द्र खड्का, सहकोषाध्यक्षमा नरेन्द्र कुमार झाले उम्मेदवारी दिएका छन् ।
त्यस्तै सोही समूहबाट सदस्यहरुमा केशव चपागाई, कैलाश तिम्सिना, कमल रानाभाट, कैलाश खाकी श्रेष्ठ, बसन्त देवकोटा, विरेन्द्र कुमार सिंह, दुर्गा बजगाई र प्रजिता मालीले उम्मेदवार दिएका हुन् ।
अन्तक्रिया कार्यक्रममा बोल्दै अध्यक्षका उम्मेदवार श्रेष्ठले जनस्वास्थ्यकर्मीहरुको क्षमता अभिवृद्धी गर्न सधैब लागि पर्ने बताए । दक्ष जनस्वास्थ्यर्की उत्पादन गर्न समयसापेक्ष पाठ्यक्रम विकास गरि पहल गर्न आफु लागि पर्ने उनको भनाई थियो ।
जनस्वास्थ्यको संघको निर्वाचनमा दुई वटा प्यानल बनेको छ । नेपाल कम्यिूनिष्ट पार्टी निकटका स्वास्थ्यकर्मीहरुले प्रगतिशल समूह बनाएर डा. मोहन श्रेष्ठको अध्यक्षमा उम्मेदवार घोषणा गरेका छन् । त्यस्तै काँग्रेस निटका स्वास्थ्यकर्मीहरुले श्री कृष्ण भट्टको अध्यक्षतामा उम्मेदवार बनाएर चुनावी अभियानमा छन् ।