भद्रपुर । झापाको मेचीनगर – १० स्थित धुलाबारी बजारबाट प्रहरीले एकलाख दश हजार मूल्य बराबरको कपडा बरामद गरेको छ । पोके व्यापारीले भारतबाट कपडा ल्याएर धुलाबारीको एक पसलमा उतार्दै गरेको समयमा विषेश सूचनाको आधारमा गएको प्रहरी गस्ती टोलीले सामान नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ । बरामद गरिएको सामानमा टि–सर्ट, भेष्ट लगायतका कपडा रहेको जिल्लाका प्रहरी प्रवक्ता तथा डिएसपी जितेन्द्र कुमार बस्नेतले जनाए । बरामद सामग्री आवश्यक कारबाहीका लागि मेची भन्सार कार्यालय काकँडभिट्टा बुझाइएको प्रहरीले जनाएको छ ।