वराहक्षेत्र । गाउँमा दैनिक जसो जंगली हात्ती आउन थालेपछि त्रसित बनेका वराहक्षेत्र नगरपालिका वडा नम्बर ७ र २ का स्थानियले हात्ती नियन्त्रण गर्न नगरपालिका स“ग माग गरेका छन् । समुहमा आउ“ने हात्तीले गाउ“लेको खेतमा लगाएको अन्नवाली नष्ट गरिदिने र गाउ“मा पसेर त्रास फैलाएपछि उनीहरुले नगरपालिकासग हात्तीको आतंक रोक्न माग गरेका हुन् ।
२ देखि लिएर ७ वटाको समुहमा आउ“ने गरेका हात्तीहरु दिनभरी नपाको कालाबन्जर नडाहाको जगलमा चारकोशे झाडी भित्र बस्ने रात पर्ने वित्तिकै गाउ“मा पसेर घरहरु भत्काउ“ने र त्रास गर्ने गरेको नगरपालिका वडा नम्बर ७ का गोपाल प्रसाद अर्यालले बताए । उनीहरु धेरैजसो नपाको जब्दी, विचपानी, हात्तीगौडा,ठाकुरवाडीमा जाने गरेको अर्यालले बताए ।
हात्तीको डरले गर्दा रातभरी सुत्न पाउ“दैनौ, हात्ती आउ“दा बचाउको कुनै उपाय छैन् । हात्ती भगाउन राकों बाल्ने,टिन ठटाउ“ने वाहेक केही गर्न सक्दैनौ उनले भने । सम्बन्धित निकाय प्रशासन लाई भन्यो कुनै सुनुवाई छैन् भन्दै हामीलाई झारो टार्ने वाहेक केही नभएको स्थानियले गुनासो गरे । शुक्रवार राती मात्र वडा २ को जब्दीमा सात ओटा झुन्डमा आएपछि गाउ“लेमा क्रसित बनेको स्थानिय ईश्वर भट्टराईले बताए ।
हात्ती नियन्त्रणको ठोस उपाय किन नगर्नु भएको भनेर सोध्दा वराहक्षेत्र नरगपालिका प्रशासकिय अच्युत प्रसाद दाहालले जंगली हात्तीले गर्दा गाउ“ले दुःख पाएको स्वीकार गरे । एक्लो प्रयासले मात्र नहुने भएकोले स्थानियले चाहेमा नगरपालिकाले गाउ“ले तथा अन्य सरोकार वाला स“ग छलफल गरी हात्ती समस्याको निराकरण गर्न सकिने उनले बतँए ।