श्री शालिवाहनीय शाके १९४० वि.सं. २०७५ साल ने. सं. ११३९ पौष ८ गते आइतबार, २३ डिसेम्बर २०१८ । पौष कृष्णपक्षको प्रतिपदा तिथि २२ः१७ बजेसम्म, उप्रान्त द्वितीया, नक्षत्र आद्र्रा २३ः२४ बजेसम्म, उप्रान्त पुनर्वशु, चन्द्रमाराशि मिथुन, सूर्योदय ६ः५३ र सूर्यास्त ५ः१२ मा हुनेछ ।
मेष (चु,चे,चो,ला,लि,लिु,दले,लो,अ)
समय सामान्य खालको छ । कार्य–व्यवसायमा बिघ्न वाधा आइपर्न सक्ला । विश्वासपात्रबाट धोका होला ।
वृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो)
अध्ययन–अध्यापनमा रुचि बढ्नेछ । जागिरमा बढुवा तथा स्थानान्तरण होला । सामाजिक कार्यक्रममा संलग्न भइएला ।
मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, ह)
शरीर आलश्य बन्नेछ । पारिवारिक स्वास्थ्योपचारमा खर्च बढ्नेछ । अशुभ समाचारले मन खिन्न होला ।
कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो)
खेलकुद तथा मनोरञ्जनात्मक कार्यक्रममा संलग्न भइएला । बिछोडिएका साथीभाइसित रमाइलो भेटघाट होला ।
सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)
जग्गा–जमिन तथा वाहन खरिद होला । महिला मित्र तथा आफन्तजनको सहयोग प्राप्त होला । रमाइलो यात्रा होला ।
कन्या (टो, प, पि, पु, ष, ण, ठ, पे, पो)
समय मध्यम् खालको छ । घरपरिवारमा केही समस्या आइपर्न सक्ला । अरुको काममा बढी समय दिनु पर्ला ।
तुला (र, रि, रु, रे, रो, ता, ति, तु, ते)
समय सामान्य खालको छ । शिर तथा आ“खासम्बन्धी समस्याले निकै सताउला । अनावश्यक काममा खर्च होला ।
वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु)
मुद्दा–मामिलामा तपाईको विजय हुनेछ । नपत्याएका मित्रहरूबाट उचित सहयोग प्राप्त होला । शुभसमाचारले मन प्रसन्न होला ।
धनु (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे)
कला तथा साहित्यको क्षेत्रमा रुचि बढ्नेछ । बिछोडिएका साथीभाइसित रमाइलो भेटघाट होला । रमाइलोस“ग दिन बित्ला ।
मकर (भो, ज, जि, खि, खु, खे, खो, गा, गि)
धातु तथा वाहन खरिद हुनेछ । घरपरिवारमा धार्मिक कार्यक्रमको आयोजना होला । मन प्रसन्न रहला ।
कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द)
अध्ययन–अध्यापनमा रुचि बढ्ला । वैदेशिक यात्राको अवसर प्राप्त होला । घरपरिवारबाट छुट्टिएर बस्नु पर्ला ।
मीन (दि, दु, थ, झ, ञ, दे, दो, च, चि)
समय उत्तम खालको छ । नया“ कार्य–व्यवसायको शुभारम्भ हुनेछ । मातृपक्षको विशेष सहयोग प्राप्त होला ।