श्री शालिवाहनीय शाके १९४० वि.सं. २०७५ साल ने. सं. ११३९ पौष ९ गते सोमबार, २४ डिसेम्बर २०१८ । पौष कृष्णपक्षको द्वितीया तिथि २०ः९ बजेसम्म, उप्रान्त तृतीया, नक्षत्र पुनर्वशु २१ः५६ बजेसम्म, उप्रान्त तिष्य, चन्द्रमाराशि मिथुन, सूर्योदय ६ः५३ र सूर्यास्त ५ः१३ मा हुनेछ ।
मेष (चु,चे,चो,ला,लि,लिु,दले,लो,अ)
धार्मिक तथा सामाजिक कार्यक्रममा संलग्न भइएला । समाजका गन्यमान्य व्यक्तिसित रमाइलो भेटघाट हुनेछ ।
वृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो)पठन पाठन तथा लेखन कार्यमा मन जानेछ । जागीरमा बढुवा तथा स्थानान्तरण होला । नया“ स्थानको भ्रमण गर्ने अवसर मिल्ला ।
मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, ह)
जग्गा जमिन सम्बन्धि काममा रुची बढ्नेछ । अवरोध रहेका कामकाजहरु सुचारु हुनेछन् । रमाइलो वातावरणमा दिन वित्ला ।
कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो)
पशुचौपायदिको व्यापार व्यवसायमा रुची बढ्नेछ । महिला दिदीबहिनीको सहयोगमा नया“ कामको शुभारम्भ हुनेछ ।
सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)
समय उत्तमखालको छ । घरपरिवारमा धार्मिक कार्यक्रमको आयोजना हुनेछ । अतिथि सेवा सत्कारमा दिन वित्ला ।
कन्या (टो, प, पि, पु, ष, ण, ठ, पे, पो)
कार्य व्यवसायमा विघ्न वाधाहरु आइपर्न सक्छ । विश्वास पात्रबाट धोका होला । अशुभ समाचारले मन दुःखी बन्नेछ ।
तुला (र, रि, रु, रे, रो, ता, ति, तु, ते)
समय सामान्यखालको छ । कार्य व्यवसायमा विघ्न वाधाहरु आइपर्नसक्छ । विश्वासपात्रबाट धोका नहोला भन्न सकिन्न ।
वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु)
कला तथा साहित्यको क्षेत्रमा रुची बढ्नेछ । राजनैतिक निकायमा तपाइको उच्च स्थान रहला । शुभ समाचारले मन प्रसन्न बन्नेछ ।
धनु (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे)
ठेक्का पट्टा तथा कृषिस“ग सम्बन्धित काममा रुची बढ्नेछ । पारिवारिक जीवनमा खुसीयाली छाउला । शुभ समाचार सुन्न पाइएला ।
मकर (भो, ज, जि, खि, खु, खे, खो, गा, गि)
अध्ययन अध्यापनमाभन्दा मनोरञ्जनात्मक कार्यक्रममा संलग्न भइएला । गन्यमान्य तथा प्रतिष्ठित व्यक्तिसित भेटघाट हुनेछ ।
कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द)
समय उत्तमखालको छ । धार्मिक तथा सामाजिक कार्यक्रममा संलग्न भइएला । समाजका गन्यमान्य व्यक्तिसित भेटघाट होला ।
मीन (दि, दु, थ, झ, ञ, दे, दो, च, चि)
समय राम्रो छ । सेवामूलक कार्यक्रममा संलग्न हुने अवसर मिल्ला । घरपरिवारमा धार्मिक कार्यको आयोजना हुनेछ ।