वि.सं. २०७५ साल इश्वी सन् २०१८ डिसेम्बर ३० तारिख, नेपाल संवत् ११३९ थिंलागा, पौष कृष्णपक्ष, तिथि– अष्टमी, ७:०२ बजेदेखि नवमी, २९:३३ बजेउप्रान्त दशमी।

मेष - चु, चे, चो, ला, लि, लु, ले, लो,

चुनौतीसँग जुध्नुपर्नेछ। चुनौतीपूर्ण कामको जिम्मेवारी वहन गर्नुपर्ला। आफ्नो मिहिनेतबाट अरूले फाइदा उठाउने कोसिस गर्नेछन्। 

बृष - इ, उ, ए, ओ, बा, बि, बु, बे, बो   

काममा केही अलमल तथा ढिलासुस्ती हुन सक्छ। तापनि, लगनशीलताले परिस्थितिलाई बदल्नेछ।

मिथुन - का, कि, कु, घ, ङ, छ, के, को, ह 

 मिहिनेत गर्दा जटिल काम समेत सम्पादन हुनेछ। टाढिएका आफन्त र साथीभाइ नजिकिनेछन्। 

कर्कट - हि, हु, हे, हो, डा, डि, डु, डे, डो   

  सहयोगीहरूले हात झिक्नाले समस्यामा परिनेछ। अग्रजहरूको सहमति नाजुट्नाले काम रोकिन सक्छ। 

  सिंह - मा, मि, मु, मे, मो टा, टि, टु, टे   

आत्मविश्वासको कमीले पछि परिनेछ ईर्ष्या गर्नेहरूबाट सजग रहनुहोला। आजको श्रमबाट पछिलाई फाइदा हुनेछ। 

कन्या - टो, प, पि, पु, ष, ण, ठ, पे, पो 
बिछोडिएका परिवारजनसँग भेटघाट हुनेछ। रमाइलो जमघटका बीच स्वादिष्ट भोजनको आनन्द प्राप्त होला। 

तुला - र, रि, रु, रे, रो, ता, ति, तु, ते 
 खर्च तथा विवाद बढ्ने छ । समय टाढाका साथीभाइसँग सम्पर्क बढ्नेछ। खर्च लागे पनि यात्रा गर्ने प्रक्रिया अघि बढ्न सक्छ। 

बृश्चिक - तो, ना, नि, नु, ने, नो, या, यि, यु
आम्दानी बढ्नाले उत्साह जाग्नेछ। श्रमको उचित मूल्य पाइनेछ।रोकिएको काम बन्नेछ भने जिम्मेवारी समेत बढ्नेछ। 

धनु - ये, यो, भ, भि, भु, ध, फा, ढ, भे 
कामको तालमेल नमिल्दा योजना अधुरै रहनेछ। ईर्ष्या गर्नेहरू सक्रिय रहनेछन् भने अवसरवादीहरूले कमजोरीको फाइदा उठाउनेछन्।

मकर - भो, ज, जि, खि, खु, खे, खो, गा, गि 
फाइदा कमै भए पनि तारिफयोग्य काम थालनी गर्न सकिनेछ। मिहिनेतले जीवनशैलीमा परिवर्तन ल्याउनेछ।

कुम्भ - गु, गे, गो, सा, सि, सु, से, सो, द 
व्यस्तता बढ्नेछ भने शरीरमा कमजोरी अनुभूति हुनेछ। गोप्य सूचना बाहिरिनाले काम दोहोर्याउनुपर्ने स्थिति आउन सक्छ। 

मीन - दि, दु, थ, झ, ञ, दे, दो, च, चि (Pisces)
प्रियजनसँग भेटघाट हुनुका साथै आतिथ्यपूर्ण सम्मान प्राप्त होला। यात्रा रमाइलो रहनेछ।आफन्तहरूको साथले नयाँ आशा जगाउनेछ।