वि.सं. २०७५ साल पुस १६ गते सोमबार इश्वी सन् २०१८ डिसेम्बर ३१ तारिख, नेपाल संवत् ११३९ थिंलागा, पौष कृष्णपक्ष, तिथि– दशमी, २८:२७ बजेउप्रान्त एकादशी।
मेष - चु, चे, चो, ला, लि, लु, ले, लो, अ
मनोरञ्जन प्राप्त हुने दिन रहेको छ । नयाँ ज्ञानले अध्ययनमा उत्साह जगाउनेछ।
बृष - इ, उ, ए, ओ, बा, बि, बु, बे, बो
रोकिएका काम बन्नाले नयाँ कामतर्फ अग्रसर भइनेछ। मेहनतले राम्रै प्रतिफल दिलाउनेछ। चुनौती चिर्दै काम बनाउन सकिनेछ।
मिथुन - का, कि, कु, घ, ङ, छ, के, को, ह
परिस्थितिसँग सम्झौता गर्नुपर्दा मन खिन्न रहनेछ। समयको मागअनुसार चल्न नसक्दा पछि परिनेछ।
कर्कट - हि, हु, हे, हो, डा, डि, डु, डे, डो
आफ्नाले समयमा सहयोग नगर्दा अवसर फुत्किन सक्छ। काम बिग्रने डरले सताइरहनेछ।
सिंह - मा, मि, मु, मे, मो, टा, टि, टु, टे
मेहनतले प्रतिस्पर्धामा जित दिलाउनेछ। रोकिएका काम पुनः सुरु हुन सक्छन्। व्यापारमा पनि मनग्य धनलाभ हुनेछ।
कन्या - टो, प, पि, पु, ष, ण, ठ, पे, पो
नयाँ काममा हात हाल्नुअघि राम्ररी विचार पुर्याउनुहोला। फाइदा नहुने कामको जिम्मेवारी वहन गर्नुपर्ला। मेहनत गर्दा रोकिएको काम बनाउन सकिनेछ।
तुला - र, रि, रु, रे, रो, ता, ति, तु, ते
रमाइलो जमघटका बीच स्वादिष्ट भोजनको आनन्द प्राप्त हुनेछ। बिछोडिएका परिवारजनसँग भेटघाट हुनेछ।
बृश्चिक - तो, ना, नि, नु, ने, नो, या, यि, यु
खर्च बढ्नुका साथै आर्थिक अभाव देखा पर्ने छ। धेरै लगानी गर्दा थोरै फाइदा हुनेछ।
धनु - ये, यो, भ, भि, भु, ध, फा, ढ, भे
मेहनतले आम्दानी बढाउनेछ।श्रमको उच्च मूल्यांकन हुनुका साथै दिगो फाइदा हुने काम प्राप्त हुन सक्छ।
मकर - भो, ज, जि, खि, खु, खे, खो, गा, गि
सामाजिक दायित्व बढ्नेछ। भूमि, वाहन र पैत्रिक सम्पत्तिबाट लाभ मिल्नेछ। व्यापारमा पनि प्रशस्त फाइदा हुनेछ।
कुम्भ - गु, गे, गो, सा, सि, सु, से, सो, द
नयाँ काममा हात हाल्न केही समय पर्खनुहोला। सानातिना काम र घरेलु समस्यामै अल्झनुपर्ला। सहयोगीहरूको भर पर्दा दु:ख पाइनेछ।
मीन - दि, दु, थ, झ, ञ, दे, दो, च, चि
गरेका कामबाट फाइदा उठाउन मुस्किल पर्नेछ। अवसर प्राप्त भए पनि उपलब्धि नहुने देखिन्छ।