इटहरी / यस बर्ष लैङ्गिक समानताका लागि समान सोच र ब्यवहार,सम्वृद्धिको आधार भन्ने मूल नाराका साथ अन्तराष्ट्रिय श्रमिक महिला दिवस मनाइदै छ ।
यसै अवसरमा इटहरी उपमहानरपालिका परिसरमा महिला उद्यामीहरुले तयार गरेका हस्तकलाका सामाग्रीहरुको प्रदर्शनी गरिएको छ । १०९ औ अन्तराष्ट्रिय श्रमिक महिला दिवसका अवसरमा बुधबारदेखि सो प्रर्दशनी सुरु भएको हो । तीन दिनसम्म प्रदर्शनी सञ्चालनमा आउने इटहरी उपमहानगरपालिकाकी उपमेयर लक्ष्मी गौतमले बताइन् ।
प्रर्दसनीमा महिला उद्यमीले उत्पादन गरेका विभिन्न समाग्रीका २८ वटा स्टलहरु राखिएको छ । दिवसका अवसरमा मंगलबार खनारमा महिला मजदुरको स्वास्थ्य परीक्षण गरिएको थियो । यसै गरी विहीबार विहान महिलाको सहभागितामा म्याराथुन दौड आयोजना गरिदै छ । यसैगरि विभिन्न सात ठाँउमा स्वास्थ्य शिविर गरि पाठेघर खस्ने समस्याको जाँच र पाठेघरको मुखको क्यानसरको जाँच गरिने कार्यक्रम तय गरिएको छ ।