पथरी /  मोरङको पथरीशनिश्चरे—१,स्थित बजारमा भएको षडराज तामाङको संकास्पद मृत्युको १४ दिन वितिसक्दा पनि प्रहरीले प्रभावकारी अनुसन्धान नगरेको बताउँर्दै चौतर्फी मिल्न दवाव दिएको पीडित परिवारले जनाएका छन् ।
विहिबार फेरि पत्रकार सम्मेलनको आयोजना गरी न्याय दिनुको सट्टा उल्टै राजनितिक दलका नेता, जनप्रतिनिधिसहितका टोलीले मृतकको लास जलाउन आग्रह गर्दै मिल्न दवाव दिएको गुनासो गरे । तीन दिन अघि मृतकका पत्नी मनिता गुरुङले किटानी जाहेरी दिदा पनि प्रहरीले जाहेरी दर्ता गर्न नमानेको र प्रहरीले मिल्न दवाव दिने वातावरण मिलाई दिएको मृतकको भाउजु अङग्रिता तामाङले गुनासो गरिन् ।
पथरीशनिश्चरे नगरका जनप्रतिनिधिहरु र विभिन्न पार्टीका स्थानीय नेताहरु पनि पीडितलाई सहयोग गर्ने नाममा इलाका प्रहरी कार्यालयमा भीड लाग्न थालेको पीडित आङ्रिता तामाङले बताइन । हामीले मुद्धा दार्ता गर्ने भने पछि तपाईहरुको सहयोग गर्न आएको भन्दै जनप्रतिनिधिहरु र नेताहरु इलाका आउन थालेका छन् । तामाङ भन्छिन ‘हामीलाई सहयोग गर्ने भन्छन तर, मुद्धा दर्ता नगर्नु भन्छन हामीले के बुझ्ने ।’
मान्छे मारिएको छ, न्याय दिलाउन लाग्नु पर्ने समाजका अगुवा उल्टै पीडा माथी पीडा दिने काम भई रहेको छ, यो हाम्रो कस्तो समाज हो भन्दै मृतककी दिदी टिका तामाङ भक्कानिदै भनिान । उनीहरुले पत्रकार सम्मेलनमा गुनासो मात्र गरेनन् उचित न्याय दिलाइदिन अनुरोध पनि गरेका छन् । पीडित परिवारले आज बिहिबार १४ दिन भैसकेको छ, मृतक षडराज तामाङको दाहसस्कार गरेका छैनन् । न्याय नपाए सम्म दाहसंस्कार नगर्ने मृतकका परिवारले बताउँर्दैै आएका छन् । पत्रकार सम्मेलनमा नेपाल आदिवासी जनजाती सवन्य समिति पथरीशनिश्चरे नगरका अध्यक्ष चन्द्र तामाङले पनि तथ्य सत्यको छानविन गरी दोषीलाई कारवाही र पीडितलाई न्याय दिनु पर्ने बताएका थिए ।
पीडित परिवार मृतकको भाउजु आङ्रिता तामाङ र दिदी टिका तामाङले होटल सञ्चालकहरु सहित १० जना विरुद्ध किटानी जाहेरी प्रहरीलाई बुझाइ सकेको छ । प्रहरीले दर्ता नगरेको र शंकास्पद व्यक्तिहरुलाई नियन्त्रणमा नलिएको भन्दै पीडित परिवारले गुनासो गरेका छन् । प्रहरीले भने मुद्धा दर्ता भइसकेको बताएको छ ।
पत्रकार सम्मेलनमा मृतक षडाराज तामाङको पत्नि मनिता गुरुङको पनि उपस्थिति थियो । गुरुङले षडराज तामाङसँग विवाह गरेको सात महिना मात्र भएको थियो । मनिताको पेटमा पाँच महिनाको गर्भ रहेको छ ।
मृतकको दाजु ज्ञानु तामाङ विदेशबाट केही दिन अघि आएका थिए । आफूलाई न्याय दिन कोही नलागेको भन्दै पत्रकार सम्मेलनमा गुनासो गरे । दिदी टिका तामाङले पत्रकार सम्मेलनमा आशँु झार्दै भने ‘हामीलाई सहयोग गर्ने कोही भएनन ।’ पत्रकार सम्मेलन पछि होटाल सञ्चालकका आफन्तहरु र केही जनप्रतिनिधिहरुले पीडित परिवारलाई धाकधम्की दिएको बताए ।
होटलमा झगडा तथा मृत्यु राति करिव ११ बजे भएकोले घट्नाको जिम्मेवारी होटल सञ्चालक र प्रहरीले लिनुपर्ने मृतककी भाउजु आङ्रिता तामाङको भनाइ छ । फागुन १६ गते पथरीशनिश्चरे नगरपाकिा—७ को २६ बर्षिय षडराज तामाङको संकास्पद मृत्यु थियो । पथरीमा राति ९ बजेसम्मा मात्र होटल खोल्ने नियम भएपनि घट्ना करिव ११ बजे भएको थियो । सिक्का बारमा मृतक षडराज तामाङको टोलीसँग दुई महिलासहितको टोली र होटल सञ्चालकसँग दुई पटक झगडा भएको थियो । घट्ना पश्चात इलाका प्रहरी कार्यालय पथरीले सिक्का बार सञ्चालक संजीव गिरी, धिरेन सुब्बा, नैना राई, सजन श्रेष्ठ, पुजन विक र मिलन श्रेष्ठलाई प्रहरी कायालयको सम्पर्कमा राखेको छ ।