काठमाडौँ/ प्रदेश नं १ का मुख्यमन्त्री शेरधन राईले नयाँ वर्ष २०७६ को अवसरमा स्वदेश तथा विदेशमा रहनुभएका सम्पूर्ण नेपालीलाई शुभकामना दिँदै सुख, शान्ति र उत्तरोत्तर प्रगतिको कामना व्यक्त गरे ।

मुख्यमन्त्री राईले शुभकामना सन्देशमा भने, “नयाँ वर्षको आगमनसँगै मुलुकमा शान्ति, स्थिरता, सुशासनका साथै समद्ध नेपाल सुखी नेपालीको राष्ट्रिय लक्ष्य हासिल गर्ने स्पष्ट गन्तव्यतर्फ अगाडि बढिरहेको हुँदा हामी सबैका लागि यो वर्ष सुखद् र उपलब्धिमूलक बन्न सक्ने छ ।”