भोजपुर /  काठमाण्डौंस्थित थाउटफुल स्टेट अर्गानाइजेशन गैरसरकारी संस्थाले २१ वटा विद्यालयलाई आधुनिक प्रविधिको पानी छान्ने फिल्टर प्रदान गरेको छ ।
संस्थाले अमेरिकाको हवाई वास संस्थाको सहकार्यमा भोजपुर, खोटाङ सप्तरीका २१ वटा विद्यालयलाई आधुनिक फिल्टर प्रदान गरेको संस्थाकी संस्थापक अध्यक्ष सीता कालाखेतीले जानकारी दिइन ।
पछिल्लो समय भोजपुरको आमचोकस्थित चण्डेश्वर माविलाई एक थान फिल्टर प्रदान गरिएको थियो । विद्यालयका प्रधानाध्यापक कपिलप्रसाद गुरागाईले संस्थाले दिएको फिल्टर विद्यालयको लागि उपयोगि भएको बताए ।
कक्षा दुईसम्म अग्रेजी माध्यमबाट पढाई हुने चण्डेश्वर मावि गाउँपालिकाको नमुना विद्यालय हो । फिल्टरको अभावमा विद्यार्थीहरुले शुद्ध पानी पिउन पाएका थिएनन ।
यो फिल्टर मृगौंला डाइलोसिस प्रणालीको यु आकारको पाइप रहेको हुन्छ । एक ट्याङ्कीबाट अर्को ट्याङ्कीमा जडान गर।े पछि यसले फिल्टरिङको काम गर्ने प्रअ गुरागाईले जानकारी दिए ।