धरान / धरानस्थिन बीपी कोइरला स्वास्थ्य विज्ञान प्रतिष्ठानका उपकुलपति प्राडा राजकुमार रौनियारलाई घुससहित अख्तियार अनुसन्धान आयोगको टोलीले विहीबार साँझ पक्राउ गरेको छ । उनीसँगै डा. रामहरी रौनियारलाई ८ लाख घूस सहित पक्राउ गरेको अख्तियारका प्रवक्ता प्रदिप कोइरालाले जानकारी दिएका छन् । प्रतिष्ठानको भवन निर्माणको ठेक्काको कमिसन बापत घूस बुझ्ने क्रममा उनीहरुलाई उपकुलपतिको कार्यालय परिसरबाट नियन्त्रणमा लिइएको प्रवक्ता कोइरालाले बताए । डा. रामहरी रौनियारका नातेदार भएको बताइएको छ । प्रतिष्ठानको आकास्मिक कक्ष थप्नक लागि भवन निर्माण भइरहेको थियो । उक्त भवन निर्माण ठेकेदारबाट घुस लिइएको बताइएको छ ।

अख्तियारकाे विज्ञप्ति

स विज्ञप्ति :- मिति २०७६।०३।२६ गते ----------------------------------------------------

वी.पी.कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान, धरानका उपकुलपति प्रा.डा. राजकुमार रौनियार र डा. रामहरी रौनियार घुस रकम सहित नियन्त्रणमा ----------------------------------------------------

वी.पी.कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान, धरानका उपकुलपति प्रा.डा. राजकुमार रौनियार र डा. रामहरी रौनियारले प्रतिष्ठानको भवन निर्माणको ठेक्कामा कमिशन वापत सेवाग्राहीसँग घुस/रिसवत माग गरिरहेको भन्ने सूचना एवं उजुरीको आधारमा अख्तियार दुरुपयोग अनुसन्धान आयोग, टङ्गालबाट खटिई गएको टोलीले निजहरु प्रा.डा. राजकुमार रौनियार र डा. रामहरी रौनियारलाई सेवाग्राहीसँग रू.८,००,०००।– (आठ लाख) घुसबापतको रकम लिइसकेको अवस्थामा उक्त घुस रकम सहित कार्यालय परिसर स्थित निज उपकुलपतिको निवास, धरानबाट रङ्गेहात नियन्त्रणमा लिई अनुसन्धान भइरहेको छ।

प्रदीपकुमार कोइराला प्रवक्ता