श्री शालिवाहनीय शाके १९४१, ने. सं. ११३९, वि.सं. २०७६ साल भाद्र ६ गते शुक्रबार, २३ अगष्ट २०१९ । भाद्र कृष्णपक्षको अष्टमी तिथि २३ः२२ बजेसम्म, उप्रान्त नवमी, नक्षत्र कृतिका २२ः००, उप्रान्त रोहिणी । चन्द्रमाराशि वृष, सूर्योदय ५ः३८ र सूर्यास्त ६ः३३ बजे हुनेछ ।

मेष (चु,चे,चो,ला,लि,लिु,ले,लो,अ)
समय राम्रो छ । धार्मिक सभा समारोहमा सरिक भइएला । समाजका गन्यमान्य व्यक्तिहरूसित भेट होला ।

वृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो)
शरीरमा स्फूर्ति र उम· छाउला । छोटो दूरीको लाभदायी यात्रा हुनेछ । धन आर्जनका नयाँ स्रोत फेला पर्नेछन् ।

मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, ह)
लामो समयदेखि रोकिएका कामकाजहरू पूरा हुनेछन् । सामाजिक काममा सक्रिय भइएला ।

कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो)
समय उत्तमखालको छ । सानो प्रयत्नले ठूलै उपलब्धि मिल्ला । नया“ वस्त्र तथा अलङ्कार प्राप्त हुनेछ ।

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)
पठन–पाठन तथा लेखन कार्यमा खासै मन नजाला । शरीर आलस्य बन्नेछ । आर्थिक सङ्कट आइपर्ला ।

कन्या (टो, प, पि, पु, ष, ण, ठ, पे, पो)
समय सामान्यखालको छ । शिर तथा आ“खासम्बन्धी समस्याले निकै सताउला । अनावश्यक काममा फसिएला ।

तुला (र, रि, रु, रे, रो, ता, ति, तु, ते)
धार्मिक तथा सामाजिक कार्यक्रममा संलग्न भइएला । पारिवारिक जीवनमा खुशीयाली छाउला । मन प्रसन्न बन्नेछ ।

वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु)
समय सामान्यखालको छ । आर्थिक सङ्कटको सामना गर्नुपर्ला । विश्वासपात्रबाट धोका होला ।

धनु (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे)
धन आर्जनका नयाँ स्रोतहरू फेला पर्नेछन् । अवरुद्ध रहेका कामकाजहरू सुचारु हुनेछन् । रमाइलो वातावरणमा दिन बित्ला ।

मकर (भो, ज, जि, खि, खु, खे, खो, गा, गि)
समय उत्तमखालको छ । वैदेशिक क्षेत्रको काममा विशेष लाभ मिल्ला । पारिवारिक जीवनमा खुशीयाली छाउला ।

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द)
पठन–पाठन तथा लेखन कार्यमा मन जानेछ । जागिरमा बढुवा तथा स्थानान्तरण होला । शुभसमाचार सुन्न पाइएला ।

मीन (दि, दु, थ, झ, ञ, दे, दो, च, चि)
वस्त्र तथा आभूषण प्राप्त हुनेछ । घरपरिवारमा धार्मिक कार्यक्रमको आयोजना होला । आतिथि सेवा गर्ने अवसर मिल्ला ।

eden