श्री शालिवाहनीय शाके १९४१, ने. सं. ११३९, वि.सं. २०७६ साल भाद्र ९ गते सोमबार, २६ अगष्ट २०१९ । भाद्र कृष्णपक्षको एकादशी तिथि २३ः२२ बजेसम्म, उप्रान्त द्वादशी, नक्षत्र आद्र्रा २३ः२५, उप्रान्त पुनर्वशु । चन्द्रमाराशि मिथुन, सूर्योदय ५ः४० र सूर्यास्त ६ः३१ बजे हुनेछ ।
मेष (चु,चे,चो,ला,लि,लिु,ले,लो,अ)
समय उत्तमखालको छ । पठन–पाठन तथा लेखन कार्यमा मन जानेछ । जागिरमा बढुवा तथा स्थानान्तरण हुनेछ ।
वृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो)
जग्गा–जमिन तथा वाहन लाभ हुनेछ । पारिवारिक जीवनमा खुशीयाली छाउला । अतिथि आगमन होला ।
मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, ह)
ठेक्का–पट्टा तथा पर्यटन व्यवसायमा मन जानेछ । अवरुद्ध कामकाज सुचारु हुनेछन् । यात्रा फलदायी देखिन्छ ।
कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो)
कृषि तथा पशुचौपाया आदिको व्यापार व्यवसायमा मन जानेछ । मातृपक्षको विशेष सहयोग मिल्ला ।
सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)
वस्त्र तथा आभूषण प्राप्त हुनेछ । घरपरिवारमा माङ्गलिक कार्यक्रमको आयोजना होला । अतिथि आगमन हुनेछ ।
कन्या (टो, प, पि, पु, ष, ण, ठ, पे, पो)
समय सामान्यखालको छ । बन्न लागेको काममा केही समस्या आइपर्न सक्छ । विश्वासपात्रबाट धोका होला ।
तुला (र, रि, रु, रे, रो, ता, ति, तु, ते)
समय उत्तमखालको छ । नयाँ कार्य व्यवसायको शुभारम्भ हुनेछ । अवरुद्ध रहेका कामकाज सुचारु हुनेछन् ।
वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु)
शिर तथा आँखासम्बन्धी समस्याले निकै सताउला । आर्थिक सङ्कटको सामना गर्नुपर्ला । विश्वासपात्रबाट धोका हुनेछ ।
धनु (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे)
पठन–पाठन तथा लेखन कार्यमा मन जानेछ । रमणीय स्थानको भ्रमण गर्ने अवसर मिल्ला । रमाइलोमा दिन बित्ला ।
मकर (भो, ज, जि, खि, खु, खे, खो, गा, गि)
ठेक्का–पट्टा तथा पर्यटन व्यवसायमा मन जानेछ । मातृपक्षको विशेष सहयोग मिल्ला । मन प्रसन्न बन्नेछ ।
कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द)
जग्गा–जमिन तथा वाहन खरिद हुनेछ । माया प्रेमको सम्बन्ध विस्तार होला । अतिथि सत्कार गर्ने अवसर मिल्ला ।
मीन (दि, दु, थ, झ, ञ, दे, दो, च, चि)
समय राम्रो छ । सेवामूलक कार्यक्रममा संलग्न भइएला । राजनैतिक निकायमा तपार्इंको उच्च स्थान रहला ।