श्री शालिवाहनीय शाके १९४१, ने. सं. ११३९, वि.सं.२०७६ साल भाद्र १२ गते बिहीबार, २९ अगष्ट २०१९ । भाद्र कृष्णपक्षको चतुर्दशी तिथि १८ः४४ बजेसम्म, उप्रान्त औंसी, नक्षत्र अश्लेषा २०ः०७ बजेसम्म, उप्रान्त मघा चन्द्रमाराशि कर्कट, सूर्योदय ५ः४१ र सूर्यास्त ६ः२६ बजे हुनेछ ।
मेष (चु,चे,चो,ला,लि,लिु,ले,लो,अ)
समय सामान्यखालको छ । कार्य सम्पादनमा केही समस्या आइपर्न सक्छ । बन्न लागेको काममा बिघ्न बाधा होला ।
वृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो)
कला तथा साहित्यको क्षेँत्रमा रुचि बढ्नेछ । बिछोडिएका साथीभाइहरूसित रमाइलो भेटघाट होला ।
मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, ह)
समय उत्तमखालको छ । जागिरमा बढुवा तथा स्थानान्तरण हुनेछ । राजनैतिक क्षेत्रमा केही समस्या आइपर्न सक्छ ।
कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो)
अध्ययन–अध्यापनमा सफलता मिल्ला । नयाँ कामको शुभारम्भ हुनेछ । लाभदायी यात्रामा सरिक भइएला ।
सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)
जग्गा तथा वाहन खरिद हुनेछ । पारिवारिक जीवनमा खुशीयाली छाउला । अतिथि सेवा गर्ने अवसर मिल्ला ।
कन्या (टो, प, पि, पु, ष, ण, ठ, पे, पो)
खेलकुद तथा मनोरञ्जनात्मक कार्यक्रममा संलग्न भइएला । बिछोडिएका साथीभाइसित रमाइलो भेटघाट हुनेछ ।
तुला (र, रि, रु, रे, रो, ता, ति, तु, ते)
समय उत्तमखालको छ । धार्मिक तथा शैक्षिक क्षेँत्रमा मन जानेछ । पारिवारिक जीवनमा खुशीयाली छाउला ।
वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु)
ठेक्का–पट्टा तथा पर्यटन व्यवसायमा मन जानेछ । अवरुद्ध रहेका कामकाज सुचारू हुनेछन् । मन प्रसन्न रहला ।
धनु (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे)
जग्गा–जमिन तथा वाहन खरिद हुनेछ । नयाँ कार्य व्यवसायको शुभारम्भ होला । रमणीय स्थानको भ्रमण होला ।
मकर (भो, ज, जि, खि, खु, खे, खो, गा, गि)
पठन–पाठन तथा लेखन कार्यमा मन जानेछ । जागिरमा बढुवा तथा स्थानान्तरण होला । मन प्रसन्न बन्नेछ ।
कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द)
समय उत्तमखालको छ । व्यापार व्यवसायमा विशेष लाभ मिल्ला । मातृपक्षको विशेष सहयोग मिल्ला ।
मीन (दि, दु, थ, झ, ञ, दे, दो, च, चि)
मुद्दा–मामिलामा तपाईंको विजय होला । नपत्याएका साथीभाइहरूबाट उचित सहयोग मिल्ला । मन प्रसन्न बन्नेछ ।