श्री शालिवाहनीय शाके १९४१, ने. सं. ११३९, वि.सं. २०७६ साल भाद्र १४ गते शनिबार, ३१ अगष्ट २०१९ । भाद्र कृष्णपक्षको प्रतिपदा तिथि १३ः५४ बजेसम्म, उप्रान्त द्वितीया, नक्षत्र पूर्वफाल्गुनी १६ः५१, उप्रान्त उत्तराफाल्गुनी । चन्द्रमाराशि सिंह, सूर्योदय ५ः४२ र सूर्यास्त ६ः२४ बजे हुनेछ ।
मेष (चु,चे,चो,ला,लि,लिु,ले,लो,अ)
समय उत्तमखालको छ । नयाँ कार्य व्यवसायको शुभारम्भ हुनेछ । अवरुद्ध रहेका कामकाज सुचारु हुनेछन् ।
वृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो)
पठन–पाठन तथा लेखन कार्यमा खासै मन नजाला । अरूको काममा बढी समय दिनुपर्ला ।
मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, ह)
सेवामूलक कार्यक्रममा संलग्न भइएला । रमणीय स्थानको भ्रमण गर्ने अवसर मिल्ला । मन प्रसन्न बन्नेछ ।
कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो)
समय सामान्यखालको छ । शिर तथा आँखासम्बन्धी समस्याले निकै सताउला । आर्थिक सङ्कट पर्ला ।
सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)
खेलकुद तथा मनोरञ्जनात्मक कार्यक्रममा संलग्न भइएला । बिछोडिएका साथीभाइसित भेटघाट हुनेछ ।
कन्या (टो, प, पि, पु, ष, ण, ठ, पे, पो)
समय सामान्यखालको छ । पारिवारिक जीवनमा केही समस्या आइपर्न सक्छ । अनावश्यक काममा फसिएला ।
तुला (र, रि, रु, रे, रो, ता, ति, तु, ते)
समय उत्तमखालको छ । सेवामूलक कार्यक्रममा संलग्न भइएला । समाजका गन्यमान्य व्यक्तिसित भेट होला ।
वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु)
कार्य सम्पादनमा केही समस्या आइपर्न सक्छ । आफ्नोभन्दा अरूको काममा बढी समय दिनु पर्नेछ ।
धनु (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे)
वैदेशिक क्षेत्रको काममा सफलता मिल्ला । साथीभाइ तथा आफन्तको सहयोग प्राप्त भइरहला । दिन उत्तम छ ।
मकर (भो, ज, जि, खि, खु, खे, खो, गा, गि)
धातु तथा तत्जन्य कार्य व्यवसायमा मन जानेछ । अवरुद्ध रहेका कामकाज सुचारु हुनेछन् । मन प्रसन्न रहला ।
कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द)
खेलकुद तथा मनोरञ्जनात्मक कार्यक्रममा संलग्न भइएला । बिछोडिएका साथीभाइसित भेटघाट हुनेछ ।
मीन (दि, दु, थ, झ, ञ, दे, दो, च, चि)
समय उत्तमखालको छ । रमणीय स्थानको भ्रमण गर्ने अवसर मिल्ला । मित्रमिलनको योग छ । मन प्रसन्न बन्नेछ ।