श्री शालिवाहनीय शाके १९४१, ने. सं. ११३९, वि.सं. २०७६ साल भाद्र १५ गते आइतबार, १ सेप्टेम्बर २०१९ । भाद्र शुक्लपक्षको द्वितीया तिथि ११ः२८ बजेसम्म, उप्रान्त तृतीया, नक्षत्र उत्तरफाल्गुनी १५ः१२, उप्रान्त हस्ता । चन्द्रमाराशि कन्या, सूर्योदय ५ः४३ र सूर्यास्त ६ः२३ बजे हुनेछ ।

मेष (चु,चे,चो,ला,लि,लिु,ले,लो,अ)
अतिथि सेवा सत्कार गर्ने अवसर मिल्ला । घर–परिवारमा धार्मिक कार्यक्रमको आयोजना हुनेछ ।

वृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो)
समय सामान्यखालको छ । चोटपटक तथा दुर्घटनाको भय छ । यात्रा तथा हतियार चलाउ“दा सावधान रहनु होला ।

मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, ह)
कार्य सम्पादनमा केही समस्या आइपर्न सक्छ । विश्वासपात्रबाट धोका नहोला भन्न सकिन्न । शरीर अस्वस्थ रहला ।

कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो)
धर्म–कर्म तथा समाजसेवामा मन जानेछ । अतिथि सेवा सत्कार गर्ने अवसर मिल्ला । मिष्ठान्न भोजन प्राप्त हुनेछ ।

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)
कला तथा साहित्यको क्षेत्रमा रुचि बढ्नेछ । रमणीय स्थानको भ्रमण गर्ने अवसर मिल्ला । मन प्रसन्न बन्नेछ ।

कन्या (टो, प, पि, पु, ष, ण, ठ, पे, पो)
मुद्दा–मामिलामा तपार्इंको विजय हुनेछ । साथीभाइ तथा आफन्तको विशेष सहयोग प्राप्त भइरहला ।

तुला (र, रि, रु, रे, रो, ता, ति, तु, ते)
खेलकुद तथा मनोरञ्जनात्मक कार्यक्रममा संलग्न भइएला । बिछोडिएका साथीभाइसित रमाइलो भेटघाट हुनेछ ।

वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु)
समय सामान्यखालको छ । शिर तथा आँखासम्बन्धी समस्याले निकै सताउला । आर्थिक सङ्कट आइपर्ला ।

धनु (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे)
सुन–चाँदी तथा तत्जन्य कार्य व्यवसायमा मन जानेछ । अवरुद्ध रहेका कामकाजहरू सुचारु हुनेछन् ।

मकर (भो, ज, जि, खि, खु, खे, खो, गा, गि)
रमणीय स्थानको भ्रमण गर्ने अवसर मिल्ला । पारिवारिक सहयोग र सद्भाव प्राप्त भइरहला । मन प्रसन्न रहला ।

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द)
समय राम्रो छ । अवरुद्ध रहेका कामकाजहरू सुचारु हुनेछन् । नपत्याएका व्यक्तिबाट उचित सहयोग मिल्ला ।

मीन (दि, दु, थ, झ, ञ, दे, दो, च, चि)
पठन–पाठन तथा लेखन कार्यमा मन जानेछ । जागीरमा बढुवा तथा स्थानान्तरण होला । रमइलोमा दिन बित्ला