श्री शालिवाहनीय शाके १९४१, ने. सं. ११३९, वि.सं. २०७६ साल भाद्र १६ गते सोमबार, २ सेप्टेम्बर २०१९ । भाद्र शुक्लपक्षको तृतीया तिथि ९ः०७ बजेसम्म, उप्रान्त चतुर्थी, नक्षत्र हस्ता १३ः३९ सम्म, उप्रान्त चित्रा । चन्द्रमाराशि कन्या, सूर्योदय ५ः४४ र सूर्यास्त ६ः२२ बजे हुनेछ ।
मेष (चु,चे,चो,ला,लि,लिु,ले,लो,अ)
समय उत्तमखालको छ । धर्म–कर्म तथा समाजसेवामा मन जानेछ । राजनैतिक निकायमा उच्च स्थान रहला ।
वृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो)
अध्ययन–अध्यापनमा भन्दा मनोरञ्जनात्मक कार्यक्रममा संलग्न भइएला । मन प्रसन्न हुनेछ ।
मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, ह)
समय सामान्यखालको छ । शिर तथा आ“खासम्बन्धी समस्याले सताउला । आर्थिक सङ्कट आइपर्ला ।
कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो)
समय उत्तमखालको छ । कृषि तथा तत्जन्य कार्य व्यवसायमा मन जानेछ । मातृपक्षको विशेष सहयोग रहला ।
सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)
धार्मिक तथा सामाजिक कार्यक्रममा मन जानेछ । समाजका गन्यमान्य व्यक्तिहरूसित रमाइलो भेटघाट हुनेछ ।
कन्या (टो, प, पि, पु, ष, ण, ठ, पे, पो)
सेवामूलक कार्यमा संलग्न भइएला । बिछोडिएका साथीभाइसित रमाइलो भेटघाट र खानपिन होला ।
तुला (र, रि, रु, रे, रो, ता, ति, तु, ते)
कला तथा साहित्यका क्षेत्रमा रुचि बढ्नेछ । पारिवारिक जीवनमा खुशीयाली छाउला । रमणीय स्थानको भ्रमण हुनेछ ।
वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु)
अध्ययन–अध्यापनमा भन्दा मनोरञ्जनात्मक कार्यक्रममा संलग्न भइएला । बिछोडिएका साथीभाइसित भेटघाट हुनेछ ।
धनु (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे)
सुन–चाँदी तथा तत्जन्य कार्य व्यवसायमा मन जानेछ । मातृपक्षको विशेष सहयोग मिल्ला । मन प्रसन्न बन्नेछ ।
मकर (भो, ज, जि, खि, खु, खे, खो, गा, गि)
समय सामान्यखालको छ । शिर तथा आँखासम्बन्धी समस्याले सताउला । आर्थिक सङ्कटको सामना गर्नुपर्ला ।
कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द)
सेवामूलक कार्यक्रममा संलग्न भइएला । वैदेशिक क्षेत्रको काममा सफलता मिल्ला । शुभसमाचार सुन्न पाइएला ।
मीन (दि, दु, थ, झ, ञ, दे, दो, च, चि)
वस्त्र तथा आभूषण प्राप्त हुनेछ । पारिवारिक जीवनमा खुशीयाली छाउला । माया–प्रेमको सम्बन्ध विस्तार होला ।