श्री शालिवाहनीय शाके १९४१, ने. सं. ११३९, वि.सं. २०७६ साल भाद्र १७ गते मङ्गलबार, ३ सेप्टेम्बर २०१९ । भाद्र शुक्लपक्षको चतुर्थी तिथि ६ः५७ बजेसम्म, उप्रान्त पञ्चमी, नक्षत्र चित्रा १२ः१८, उप्रान्त स्वाती । चन्द्रमाराशि तुला, सूर्योदय ५ः४३ र सूर्यास्त ६ः२२ बजे हुनेछ ।

मेष (चु,चे,चो,ला,लि,लिु,ले,लो,अ)
शुभकार्यको चर्चा चल्नेछ । परिवारजनको साथले नयाँ आशा पलाउनेछ । दाम, इमान र प्रतिष्ठा बढेर जानेछ ।

वृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो)
नया“ कामको थालनी होला । विद्यार्थीवर्गका लागि आजको दिन उत्तम छ । विपरीतलिङ्गीको सहयोग प्राप्त हुनेछ ।

मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, ह)
अनुशासित भएर काममा लाग्नुहोला । मान, प्रतिष्ठा बढेर जानेछ । दाम्पत्य जीवनमा खुशी प्राप्त हुनेछ ।

कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो)
अनावश्यक धन खर्च भई मानसिक चिन्ता बढ्नेछ । मेहनत गरेर काम गर्दा सफलता मिल्ला । प्रेममा असफल भइएला ।

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)
सानै प्रयत्नले पनि ठूलो काम हात लाग्नेछ । काम गर्ने जोस, जाँगर, उत्साह, उमङ्ग बढाएर लैजानु होला ।

कन्या (टो, प, पि, पु, ष, ण, ठ, पे, पो)
विभिन्न प्रतिष्ठित कार्यमा मन जानेछ । अध्ययन–अध्यापनका क्षेत्रमा प्रगति हुनेछ । प्रेमपक्ष पनि राम्रो छ ।

तिुला (र, रि, रु, रे, रो, ता, ति, तु, ते)
सामान्य विषयमा विवाद होला । अनुशासित भएर आफ्नो काममा लाग्नुहोला । सामाजिक कार्यमा मन जानेछ ।

वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु)
ऐतिहासिक विषयको अध्ययन गर्न मन लाग्ला  । पशुचौपायाको व्यापारमा घाटा लाग्नेछ । सन्तानपक्ष सुखदायक देखिन्छ ।

धनु (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे)
कला, साहित्य तथा सङ्गीतमा रुचि बढ्नेछ  । व्यापार–व्यवसायमा सफलता मिल्नेछ । सन्तानबाट सन्तुष्टि प्राप्त हुनेछ ।

मकर (भो, ज, जि, खि, खु, खे, खो, गा, गि)
समयले विभिन्न अवसर जुटाउनेछ । रोकिएका अधुरा कामहरू पूरा हुनेछन् । स्वास्थ्यमा सुधार हुनेछ ।

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द)
व्यापारिक लगानीबाट राम्रै मुनाफा प्राप्त हुनेछ । काम गरेअनुसार प्रतिफल प्राप्त हुनेछ । प्रेमपक्षमा राम्रै प्रगति होला ।

मीन (दि, दु, थ, झ, ञ, दे, दो, च, चि)
पारिवारिक सद्भाव प्राप्त हुनेछ । सामाजिक, सांस्कृतिक तथा धार्मिक क्षेत्रको अध्ययनमा रुचि बढ्नेछ ।