श्री शालिवाहनीय शाके १९४१, ने. सं. ११३९, वि.सं. २०७६ साल भाद्र १८ गते बुधबार, ४ सेप्टेम्बर २०१९ । भाद्र शुक्लपक्षको षष्ठी तिथि २३ः२४ बजेसम्म, उप्रान्त सप्तमी, नक्षत्र स्वाती ११ः१६, उप्रान्त विशाखा । चन्द्रमाराशि तुला, सूर्योदय ५ः४४ र सूर्यास्त ६ः२० बजे हुनेछ ।

मेष (चु,चे,चो,ला,लि,लिु,ले,लो,अ)
नयाँ कार्यको थालनी गर्ने बेला आएको छ । गरिएका कामको सही नतिजा नआउन सक्छ ।

वृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो)
श्रमको उचित मूल्याङ्कन हुनेछ । विद्या र बुद्धिको विकास भएर जानेछ । पारिवारिक सद्भाव बढ्ला ।

मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, ह)
छोटो तथा रमाइलो यात्राको योग देखिन्छ । व्यापार–व्यवसायमा राम्रै आम्दानी हुनेछ ।

कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो)
दिन सामान्यखालको छ । सोचेजस्तो काममा लगनशील हुन नसक्नाले दैनिक कार्यहरू पनि सफल नहोलान् ।

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)
नयाँ साथीसँग भेटघाट हुनेछ । व्यापार– व्यवसायको आमदानी बढेर जाला । दिनको पूर्वाद्र्धभन्दा उत्तराद्र्ध कष्टप्रद छ ।

कन्या (टो, प, पि, पु, ष, ण, ठ, पे, पो)
अतिथि सत्कार प्राप्त हुने देखिन्छ । आत्मसन्तुष्टि प्राप्त होला । वैदेशिक क्षेत्रका कामहरू पनि सहजै सम्पन्न हुनेछन् ।

तुला (र, रि, रु, रे, रो, ता, ति, तु, ते)
स्थानान्तरण तथा पदोन्नतिको समय आएको छ । विपरीतलिङ्गीको सहयोगबाट काम सफल हुने देखिन्छ ।

वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु)
आफ्नो प्रगति देखेर शत्रु परास्त होलान् । इच्छाएका मित्रहरूबाट राम्रै सहयोग प्राप्त हुनेछ । सामाजिक क्षेत्रमा राम्रो हुनेछ ।

धनु (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे)
सामाजिक कार्यको नेतृत्व गरी परिवारको प्रतिष्ठा वृद्धि हुनेछ । कुरा काट्नेहरूले प्रशंसा गर्न थाल्नेछन् ।

मकर (भो, ज, जि, खि, खु, खे, खो, गा, गि)
अरूप्रति छिटो विश्वास गर्नाले आफैलाई नोक्सान हुनेछ । अभिभावकको सुझाव मुताविक कार्य गर्नुहोला ।

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द)
सही मार्ग पहिल्याउनुपर्ने आवश्यकता छ । आफ्नो कार्यदक्षता तथा इमान्दारिताको प्रभावले कार्यहरू बन्नेछन् ।

मीन (दि, दु, थ, झ, ञ, दे, दो, च, चि)
दाम, इनाम र प्रतिष्ठा कमाउने बेला छ । अचल सम्पत्ति हातपर्ने योग छ । दिन उत्तमखालको छ ।