श्री शालिवाहनीय शाके १९४१, ने. सं. ११३९, वि.सं.२०७६ साल भाद्र ३१ गते मङ्गलबार, १७ सेप्टेम्बर २०१९ । आश्विन कृष्णपक्षको तृतीया तिथि १४ः०७ बजेसम्म, उप्रान्त चतुर्थी, नक्षत्र अश्विनी २३ः१८, उप्रान्त भरणी । चन्द्रमाराशि मेष, सूर्योदय ५ः५० र सूर्यास्त ६ः०५ बजे हुनेछ ।

मेष (चु,चे,चो,ला,लि,लिु,ले,लो,अ)
समय उत्तमखालको छ । जागिरमा बढुवा तथा स्थानान्तरण हुनेछ । माया–प्रेमको सम्बन्ध विस्तार होला ।

वृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो)
अनावश्यक कामको झन्झट आइपर्न सक्छ । आफ्नोभन्दा अरूको काममा बढी समय दिनुपर्ला ।

मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, ह)
रमणीयस्थानको भ्रमण गर्ने अवसर मिल्ला । बिछोडिएका साथीभाइहरूसित रमाइलो भेट होला ।

कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो)
धर्म–कर्म तथा समाज सेवामा मन लाग्नेछ । राजनैतिक निकायमा तपाईंको उच्चस्थान रहला । शुभसमाचार सुन्न पाइएला ।

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)
मुद्दा–मामिलामा तपाईंको विजय हुनेछ । मातृपक्षको विशेष सहयोग मिल्ला । वैदेशिक यात्रामा सरिक भइएला ।

कन्या (टो, प, पि, पु, ष, ण, ठ, पे, पो)
अध्ययन–अध्यापनमा भन्दा मनोरञ्जनात्मक कार्यक्रममा संलग्न भइएला । बिछोडिएका साथीभाइसित भेट होला ।

तुला (र, रि, रु, रे, रो, ता, ति, तु, ते)
समय सामान्यखालको छ । कार्य–व्यवसायमा केही समस्या आइपर्न सक्छ । बन्न लागेको काममा बाधा आइपर्न सक्ला ।

वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु)
अध्ययन–अध्यापनमा भन्दा मनोरञ्जनात्मक कार्यक्रममा संलग्न भइएला । समाजका गन्यमान्य व्यक्तिसित भेट होला ।

धनु (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे)
जग्गा–जमिन तथा वाहन खरिद हुनेछ । घरपरिवारमा धार्मिक कार्यक्रमको आयोजना होला ।

मकर (भो, ज, जि, खि, खु, खे, खो, गा, गि)
कला तथा साहित्यको क्षेत्रमा रुचि बढ्नेछ । विभिन्न स्थानको भ्रमण गर्ने अवसर मिल्ला । शुभसमाचार सुन्न पाइएला ।

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द)
ठेक्का–पट्टा तथा तत्जन्य कार्य–व्यवसायमा मन जानेछ । मातृपक्षको विशेष सहयोग मिल्ला । मन प्रसन्न बन्नेछ ।

मीन (दि, दु, थ, झ, ञ, दे, दो, च, चि)
सेवामूलक कार्यक्रममा संलग्न भइएला । बिछोडिएका साथीभाइसित रमाइलो भेटघाट होला ।