श्री शालिवाहनीय शाके १९४१, ने. सं. ११३९, वि.सं.२०७६ साल आश्विन १ गते बुधबार, १८ सेप्टेम्बर २०१९ । आश्विन कृष्णपक्षको चतुर्थी तिथि १५ः१३ बजेसम्म, उप्रान्त पञ्चमी, नक्षत्र भरणी ६०ः००, अहोरात्र उप्रान्त भरणी । चन्द्रमाराशि मेष, सूर्योदय ५ः५१ र सूर्यास्त ६ः०४ बजे हुनेछ ।

मेष (चु,चे,चो,ला,लि,लिु,ले,लो,अ)
समय उत्तमखालको छ ।नयाँ कार्य व्यवसायको शुभारम्भ हुनेछ । मातृपक्षको सहयोगमा महŒवपूर्ण काम बन्नेछ ।

वृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो)
कला तथा साहित्यको क्षेत्रमा रुचि बढ्ने छ । नया“ कार्य व्यवसायको शुभारम्भ होला । लाभदायी यात्रा होला ।

मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, ह)
वस्त्र तथा आभूषण प्राप्त हुनेछ । पारिवारिक जीवनमा खुशीयाली छाउला । अतिथि सेवा सत्कार होला ।

कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो)
जग्गा जमिन तथा वाहन खरिद हुनेछ । अवरुद्ध रहेका कामकाज सुचारु हुनेछन् । रमाइलोमा दिन बित्ला ।

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)
अध्ययन अध्यापनमा मन जानेछ । रमणीय स्थानको भ्रमण गर्ने अवसर मिल्ला । लाभदायी यात्रामा सरिक भइएला ।

कन्या (टो, प, पि, पु, ष, ण, ठ, पे, पो)
समय उत्तमखालको छ । जागीरमा बढुवा तथा स्थानान्तरण हुनेछ । माया प्रेमको सम्बन्ध विस्तार होला ।

तुला (र, रि, रु, रे, रो, ता, ति, तु, ते)
समय उत्तमखालको छ । नयाँ कार्य व्यवसायको शुभारम्भ होला । अवरोध रहेका कामकाजहरू सुचारु हुनेछन् ।

वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु)
धर्म कर्म तथा समाज सेवामा मन लाग्नेछ । नयाँ तथा रमणीय स्थानको भ्रमण होला । शुभ समाचार सुन्न पाइएला ।

धनु (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे)
कला तथा साहित्यको क्षेत्रमा मन जानेछ । मातृ पक्षको विशेष सहयोग मिल्ला । लाभदायी यात्रामा सरिक भइएला ।

मकर (भो, ज, जि, खि, खु, खे, खो, गा, गि)
अध्ययन अध्यापनमा भन्दा मनोरञ्जनात्मक कार्यक्रममा संलग्न भइएला । व्यापार व्यवसायमा सफलता मिल्ला ।

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द)
समय राम्रो छ । जग्गा जमिन तथा वाहन खरिद होला । पारिवारिक जीवनमा खुशीयाली छाउला । मन प्रसन्न बन्नेछ ।

मीन (दि, दु, थ, झ, ञ, दे, दो, च, चि)
सेवामूलक कार्यक्रममा संलग्न भइएला । अवरोध रहेका कामकाजहरू सुचारु हुनेछन् । शुभसमाचार सुन्न पाइएला ।