श्री शालिवाहनीय शाके १९४१, ने. सं. ११३९, वि.सं.२०७६ साल आश्विन ३ गते शुक्रबार, २० सेप्टेम्बर २०१९ । आश्विन कृष्णपक्षको षष्ठी तिथि १५ः५७ बजेसम्म, उप्रान्त सप्तमी, नक्षत्र कृतिका ०७ः४७ बजेसम्म, उप्रान्त रोहिणी । चन्द्रमाराशि वृष, सूर्योदय ५ः५१ र सूर्यास्त ६ः०२ बजे हुनेछ ।

मेष (चु,चे,चो,ला,लि,लिु,ले,लो,अ)
धन आर्जनका नयाँ स्रोतहरू फेला पर्नेछन् । आरम्भ गरेका काममा सफलता मिल्ला । पारिवारिक सहयोग प्राप्त होला ।

वृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो)
समय उत्तमखालको छ । सेवामूलक कार्यक्रममा संलग्न भइएला । राजनैतिक क्षेत्रमा तपाईंको उच्चस्थान रहला ।

मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, ह)
खेलकुद तथा मनोरञ्जनात्मक कार्यक्रममा संलग्न भइएला । बिछोडिएका साथीभाइसित भेटघाट होला ।

कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो)
समय राम्रो छ । नयाँ कार्य–व्यवसायको शुभारम्भ हुनेछ । अवरुद्ध रहेका कामकाज सुचारु हुनेछन् ।

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)
धर्म–कर्म तथा समाज सेवामा मन जानेछ । नपत्याएका व्यक्तिबाट उचित सहयोग मिल्ला । रमाइलोमा दिन बित्ला ।

कन्या (टो, प, पि, पु, ष, ण, ठ, पे, पो)
शरीर अस्वस्थ रहला । सानो कामको लागि ठूलै धनराशि खर्च हुनेछ । दिनको उत्तराद्र्धतिर शुभसमाचर सुन्न पाइएला ।

तुला (र, रि, रु, रे, रो, ता, ति, तु, ते)
सेवामूलक कार्यक्रममा संलग्न भइएला । नयाँ कार्य–व्यवसायको शुभारम्भ हुनेछ । रमाइलोमा दिन बित्ला ।

वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु)
शिर तथा नशासम्बन्धी समस्याले निकै सताउला । बन्न लागेको काममा विघ्नबाधा आइपर्न सक्छ ।

धनु (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे)
ठेक्का–पट्टा तथा पर्यटन व्यवसायमा मन जानेछ । नयाँ कामको शुभारम्भ हुनेछ । परिवारमा खुशीयाली छाउला ।

मकर (भो, ज, जि, खि, खु, खे, खो, गा, गि)
समय उत्तमखालको छ । राजनैतिक निकायमा तपाईंको उच्चस्थान रहला । शुभसमाचारले मन प्रसन्न बन्नेछ ।

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द)
पारिवारिक जीवनमा खुशीयाली छाउला । कार्य व्यवसायमा सफलता मिल्ला । धन आर्जनका नया“ स्रोतहरू फेला पर्नेछन् ।

मीन (दि, दु, थ, झ, ञ, दे, दो, च, चि)
मुद्दा–मामिलामा तपाईंको विजय हुनेछ । नया“ तथा रमणीय स्थानको भ्रमण गर्ने अवसर मिल्ला । मन प्रसन्न रहला ।