श्री शालिवाहनीय शाके १९४१, ने. सं. ११३९, वि.सं.२०७६ साल आश्विन ५ गते आइतबार, २२ सेप्टेम्बर २०१९ । आश्विन कृष्णपक्षको अष्टमी तिथि १४ः४० बजेसम्म, उप्रान्त नवमी, नक्षत्र मृगशिरा ८ः११ बजेसम्म, उप्रान्त आद्र्रा । चन्द्रमाराशि मिथुन, सूर्योदय ५ः५३ र सूर्यास्त ५ः५९ बजे हुनेछ ।
मेष (चु,चे,चो,ला,लि,लिु,ले,लो,अ)
समय उत्तमखालको छ । कार्य व्यस्तताले परिवारमा समय दिन नपाइएला । अरूको काममा बढी समय ध्यान दिनुपर्ला ।
वृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो)
धार्मिक तथा सामाजिक काममा सक्रिय भइएला । राजनैतिक क्षेत्रमा तपाईंको उच्च स्थान रहला ।
मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, ह)
समय उत्तमखालको छ । धन आर्जनका नयाँ स्रोत फेला पर्नेछन् । अवरुद्ध रहेका कामकाज सुचारु हुनेछन् ।
कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो)
कृषि तथा तत्जन्य कार्यमा मन जानेछ । मातृपक्षको विशेष सहयोग मिल्ला । रमणीय स्थानको भ्रमण गर्ने अवसर मिल्ला ।
सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)
मुद्दा–मामिलामा तपाईंको विजय हुनेछ । साथीभाइ तथा आफन्तको विशेष सहयोग मिल्ला । मन प्रसन्न रहला ।
कन्या (टो, प, पि, पु, ष, ण, ठ, पे, पो)
सुन–चाँदी तथा तत्जन्य व्यवसायमा मन जानेछ । महिला मित्रको सहयोग मिल्ला । शुभसमाचार सुन्न पाइएला ।
तुला (र, रि, रु, रे, रो, ता, ति, तु, ते)
समय उत्तमखालको छ । धार्मिक सभा र समारोहमा संलग्न भइएला । बिछोडिएका साथीभाइसित रमाइलो भेट होला ।
वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु)
अध्ययन अध्यापनमा भन्दा मनोरञ्जनात्मक कार्यमा संलग्न भइएला । गन्यमान्य व्यक्तिसित भेटघाट हुनेछ ।
धनु (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे)
खेलकुद तथा मनोरञ्जनात्मक कार्यमा संलग्न भइएला । राजनैतिक क्षेत्रमा तपाईंको स्थान उच्च रहला ।
मकर (भो, ज, जि, खि, खु, खे, खो, गा, गि)
समय उत्तमखालको छ । सेवामूलक कार्यमा सहभागी भइएला । राजनैतिक क्षेत्रमा तपाईंको स्थान उच्च रहला ।
कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द)
धर्म–कर्म र समाजसेवामा मन जानेछ । बिछोडिएका साथीभाइसित रमाइलो भेटघाट र खानपिन हुनेछ ।
मीन (दि, दु, थ, झ, ञ, दे, दो, च, चि)
समय राम्रो छ । जागिरमा स्थानान्तरण तथा बढुवाको योग छ । ऐतिहासिक स्थानको भ्रमण गर्ने अवसर मिल्ला ।