श्री शालिवाहनीय शाके १९४१ वि.सं. २०७६ साल ने. सं. ११३९ आश्विन ७ गते मङ्गलबार, २४ सेप्टेम्बर २०१९ । आश्विन कृष्णपक्षको दशमी तिथि ११ः४३ बजेसम्म, उप्रान्त एकादशी, नक्षत्र पूनर्वशु ६ः५१ बजेसम्म, उप्रान्त तिष्य, चन्द्रमाराशि कर्कट, सूर्योदय ५ः५३ र सूर्यास्त ५ः५७ बजे हुनेछ ।
मेष (चु,चे,चो,ला,लि,लिु,ले,लो,अ)
सेवामूलक कार्यक्रममा संलग्न भइएला । राजनैतिक क्षेत्रमा तपाईंको उच्च स्थान रहला । मिष्ठान्न भोजन प्राप्त होला ।
वृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो)
सुन–चाँदी तथा तत्जन्य कार्य व्यवसायमा मन जानेछ । मातृपक्षको विशेष सहयोग मिल्ला ।
मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, ह)
कृषि तथा तत्जन्य कार्य व्यवसायमा मन जानेछ । नया“ काम गर्ने अवसर मिल्ला । साथीभाइको सहयोग प्राप्त होला ।
कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो)
पठन–पाठन तथा लेखन कार्यमा मन जानेछ । जागिरमा बढुवा तथा स्थानान्तरण होला । रमणीय स्थानको भ्रमण होला ।
सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)
जग्गा–जमिन तथा वाहन खरिद हुनेछ । घरपरिवारमा सुख–समृद्धि आउला । अतिथि सत्कार गर्ने अवसर मिल्ला ।
कन्या (टो, प, पि, पु, ष, ण, ठ, पे, पो)
खेलकुद तथा मनोरञ्जनात्मक कार्यक्रममा संलग्न भइएला । बिछोडिएका साथीभाइसित रमाइलो भेटघाट हुनेछ ।
तुला (र, रि, रु, रे, रो, ता, ति, तु, ते)
नया“ वस्त्र तथा अलङ्कार प्राप्त हुनेछ । दाम्पत्य जीवन सुखमय वातावरणमा बित्ला । मित्र–मिलनको योग छ ।
वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु)
समय सामान्यखालको छ । शिर तथा नशासम्बन्धी समस्याले निकै सताउला । चोटपटकको भय नहोला भन्न सकिन्न ।
धनु (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे)
वैदेशिक यात्राको अवसर मिल्ला । अवरुद्ध रहेका कामकाहरू सुचारु हुनेछन् । शुभसमाचार सुन्न पाइएला ।
मकर (भो, ज, जि, खि, खु, खे, खो, गा, गि)
समय उत्तमखालको छ । धार्मिक तथा सामाजिक कार्यक्रममा संलग्न भइएला । काम गर्ने जोश, जा“गर र हिम्मत बढ्ला ।
कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द)
कला तथा साहित्यको क्ष्ँेत्रमा मन जानेछ । विभिन्न स्थानको भ्रमण गर्ने अवसर मिल्ला । शुभसमाचार सुन्न पाइएला ।
मीन (दि, दु, थ, झ, ञ, दे, दो, च, चि)
ठेक्का–पट्टा तथा पर्यटन व्यवसायमा मन जाला । साथीभाइ तथा आफन्तको विशेष सहयोग मिल्ला । मन प्रसन्न बन्नेछ ।