श्री शालिवाहनीय शाके १९४१, ने. सं. ११३९, वि. सं. २०७६ साल आश्विन ८ गते बुधबार, २५ सेप्टेम्बर २०१९ । आश्विन कृष्णपक्षको एकादशी तिथि ०९ः४५ बजेसम्म, उप्रान्त द्वादशी, नक्षत्र अश्लेषा २३ः१६, उप्रान्त मघा । चन्द्रमाराशि कर्कट, सूर्योदय ५ः५४ र सूर्यास्त ५ः५६ बजे हुनेछ ।
मेष (चु,चे,चो,ला,लि,लिु,ले,लो,अ)
समय सामान्यखालको छ । पारिवारिक जीवनमा केही समस्या आइपर्न सक्छ । अरूको काममा बढी समय दिनुपर्ला ।
वृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो)
मुद्दा–मामिलामा तपाईको विजय होला । नपत्याएका व्यक्तिबाट उचित सहयोग मिल्ला । रमाइलोमा दिन बित्ला ।
मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, ह)
समय उत्तमखालको छ । आम्दानीका नयाँ स्रोतहरू फेला पर्नेछन् । साथीभाइ तथा आफन्तको सहयोग मिल्ला ।
कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो)
अध्ययन–अध्यापनमा भन्दा मनोरञ्जनात्मक कार्यक्रममा संलग्न भइएला । समाजका गन्यमान्य व्यक्तिहरूसित भेट होला ।
सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)
कार्य व्यवसायमा सफलता मिल्ला । अवरुद्ध रहेका कामकाज सुचारु हुनेछन् । लाभदायी यात्रामा सरिक भइएला ।
कन्या (टो, प, पि, पु, ष, ण, ठ, पे, पो)
कामका विभिन्न अवसरहरू प्राप्त हुनेछन् । नजिकका व्यक्तिबाट उचित सहयोग मिल्ला । शुभसमाचार सुन्न पाइएला ।
तुला (र, रि, रु, रे, रो, ता, ति, तु, ते)
समय सामान्यखालको छ । सोचेअनुसारको काम नबन्नाले मन दुःखी रहला । दिनको उत्तराद्र्धतिर राम्रो होला ।
वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु)
दैनिक कार्य व्यवसायमा सफलता मिल्ला । मनमा हर्ष, उम· र उत्साह छाउला । रमाइलोमा दिन बित्ला ।
धनु (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे)
सुन–चाँदी तथा तत्जन्य कार्य व्यवसायमा मन जानेछ । आफन्त तथा साथीभाइको विशेष सहयोग मिल्ला ।
मकर (भो, ज, जि, खि, खु, खे, खो, गा, गि)
सेवामूलक कार्यक्रममा संलग्न भइएला । नया“ तथा रमणीय स्थानको भ्रमण गर्ने अवसर मिल्ला ।
कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द)
वस्त्र तथा आभूषण प्राप्त हुनेछ । पारिवारिक जीवनमा खुशीयाली छाउला । शुभसमाचार सुन्न पाइएला ।
मीन (दि, दु, थ, झ, ञ, दे, दो, च, चि)
अध्ययन–अध्यापनमा भन्दा मनोरञ्जनात्मक कार्यक्रममा मन जानेछ । धार्मिक सभा समारोहमा सरिक भइएला ।