श्री शालिवाहनीय शाके १९४१, ने. सं. ११३९, वि. सं. २०७६ साल आश्विन ९ गते बिहीबार, २६ सेप्टेम्बर २०१९ । आश्विन कृष्णपक्षको द्वादशी तिथि ०७ः३३ बजेसम्म, उप्रान्त त्रयोदशी, नक्षत्र मघा २३ः१६, उप्रान्त पूर्वफाल्गुनी । चन्द्रमाराशि सिंह, सूर्योदय ५ः५४ र सूर्यास्त ५ः५५ बजे हुनेछ ।

मेष (चु,चे,चो,ला,लि,लिु,ले,लो,अ)
समय सामान्यखालको छ । शिर तथा आँखासम्बन्धी समस्याले निकै सताउला । आर्थिक सङ्कट पर्ला ।

वृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो)
अध्ययन–अध्यापनमा मन जानेछ । अवरुद्ध रहेका कामकाज सुचारु हुनेछन् । महिला मित्रको सहयोग मिल्ला ।

मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, ह)
ठेक्का–पट्टा तथा पर्यटन व्यवसायमा मन जानेछ । नयाँ कामको शुभारम्भ होला । रमणीय स्थानको भ्रमण हुनेछ ।

कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो)
कला तथा सहित्यको क्षेत्रमा रुचि बढ्नेछ । बिछोडिएका साथीभाइसित रमाइलो भेटघाट एवम् खानपिन होला ।

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)
जग्गा–जमिन तथा वाहन खरिद हुनेछ । सेवामूलक कार्यक्रममा संलग्न भइएला । पारिवारिक जीवनमा खुशीयाली छाउला ।

कन्या (टो, प, पि, पु, ष, ण, ठ, पे, पो)
समय सामान्यखालको छ । बन्न लागेको काममा बिघ्न बाधा आइपर्न सक्छ । विश्वासपात्रबाट धोका होला ।

तुला (र, रि, रु, रे, रो, ता, ति, तु, ते)
समय उत्तमखालको छ । कार्य–व्यवसायमा सफलता मिल्ला । साथीभाइ तथा आफन्तको सहयोग प्राप्त भइरहला ।

वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु)
सेवामूलक कार्यक्रममा संलग्न भइएला । समाजका गन्यमान्य व्यक्तिहरूसित भेटघाट होला । मन प्रसन्न बन्नेछ ।

धनु (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे)
नया“ तथा रमणीय स्थानको भ्रमण हुनेछ । घरपरिवारमा धार्मिक कार्यक्रमको आयोजना होला । मन प्रसन्न बन्नेछ ।

मकर (भो, ज, जि, खि, खु, खे, खो, गा, गि)
पठन–पाठन तथा लेखन कार्यमा मन जानेछ । जागिरमा बढुवा तथा स्थानान्तरण होला । रमाइलोमा दिन बित्ला ।

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द)
समय राम्रो छ । सेवामूलक कार्यक्रममा संलग्न भइएला । राजनैतिक क्षेत्रमा तपाईको उच्च स्थान रहला ।

मीन (दि, दु, थ, झ, ञ, दे, दो, च, चि)
धर्म–कर्म तथा सामाजिक कार्यमा मन जानेछ । अवरुद्ध रहेका कामकाजहरू सुचारु हुनेछन् । मन प्रसन्न रहला ।