श्री शालिवाहनीय शाके १९४१, ने. सं. ११३९, वि. सं. २०७६ साल आश्विन १० गते शुक्रबार, २७ सेप्टेम्बर २०१९ । आश्विन कृष्णपक्षको चतुर्दशी तिथि २३ः४६ बजेसम्म, उप्रान्त औंसी, नक्षत्र पूर्वफाल्गुनी २३ः१६, उप्रान्त उत्तरफाल्गुनी । चन्द्रमाराशि सिंह, सूर्योदय ५ः५५ र सूर्यास्त ५ः५३ बजे हुनेछ ।

मेष (चु,चे,चो,ला,लि,लिु,ले,लो,अ)
कला तथा साहित्यको क्षेत्रमा मन जानेछ । रमणीय स्थानको भ्रमण गर्ने अवसर मिल्ला । शुभसमाचार सुन्न पाइएला ।

वृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो)
धन आर्जनका नया“ स्रोत फेला पर्नेछन् । माया–प्रेमको सम्बन्ध विस्तार होला । परिवारमा खुशीयाली छाउला ।

मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, ह)
वस्त्र तथा आभूषण प्राप्त हुनेछ । घरपरिवारमा धार्मिक कार्यक्रमको आयोजना होला ।

कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो)
कृषि तथा तत्जन्य कार्य–व्यवसायमा मन जानेछ । महिला मित्रको विशेष सहयोग मिल्ला । रमाइलोमा दिन बित्ला ।

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)
खेलकुद तथा मनोरञ्जनात्मक कार्यक्रममा संलग्न भइएला । मित्रहरूबाट सोचेभन्दा राम्रो सहयोग मिल्ला ।

कन्या (टो, प, पि, पु, ष, ण, ठ, पे, पो)
रोकिएका अधुरा कामकाजहरू सुचारु हुनेछन् । बोलीको प्रभाव बढ्नेछ । आर्थिक क्षेत्रमा विशेष उपलब्धि मिल्ला ।

तुला (र, रि, रु, रे, रो, ता, ति, तु, ते)
समय उत्तमखालको छ । धर्म–कर्म तथा समाजसेवामा मन जानेछ । नपत्याएका व्यक्तिबाट उचित सहयोग मिल्ला ।

वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु)
समय सामान्यखालको छ । पारिवारिक जीवनमा केही समस्या आइपर्न सक्छ । दाजुभाइको सम्बन्धमा चिसिएला ।

धनु (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे)
सुन–चा“दी तथा तत्जन्य कार्यव्यवसायमा मन जानेछ । मातृपक्षको विशेष सहयोग मिल्ला । मन प्रसन्न रहला ।

मकर (भो, ज, जि, खि, खु, खे, खो, गा, गि)
कार्य व्यस्तताले परिवारमा समय दिन नपाइएला । अरूको काममा बढी समय दिनु पर्ला । शरीर अस्वस्थ रहला ।

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द)
अध्ययन–अध्यापनमा भन्दा मनोरञ्जनात्मक कार्यक्रममा संलग्न भइएला । रमणीय स्थानको भ्रमण गर्ने अवसर मिल्ला ।

मीन (दि, दु, थ, झ, ञ, दे, दो, च, चि)
जग्गा–जमिन तथा वाहन खरिद हुनेछ । रमणीय स्थानको भ्रमण गर्ने अवसर मिल्ला । मन प्रसन्न बन्नेछ ।