श्री शालिवाहनीय शाके १९४१, ने. सं. ११३९, वि. सं. २०७६ साल आश्विन ११ गते शनिबार, २८ सेप्टेम्बर २०१९ । आश्विन कृष्णपक्षको औंसी तिथि २३ः४६ बजेसम्म, उप्रान्त प्रतिपदा, नक्षत्र उत्तरफाल्गुनी २३ः२१, उप्रान्त हस्ता । चन्द्रमाराशि सिंह, सूर्योदय ५ः५५ र सूर्यास्त ५ः५२ बजे हुनेछ ।
मेष (चु,चे,चो,ला,लि,लिु,ले,लो,अ)
समय उत्तमखालको छ । विशिष्ट व्यक्तिको साथ र समर्थन प्राप्त भइरहला । राजनैतिक क्षेत्रमा सफलता मिल्ला ।
वृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो
वैदेशिक क्षेत्रको काममा सफलता मिल्ला । साथीभाइ तथा आफन्तको सहयोग प्राप्त भइरहला ।
मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, ह)
धर्म–कर्म तथा समाज सेवामा मन जानेछ । अवरुद्ध रहेका कामकाजहरू सुचारु हुनेछन् । यात्रा फलदायी देखिन्छ ।
कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो )
धार्मिक तथा समाज सेवामा मन जानेछ । साथीभाइहरूसित रमाइलो भेटघाट एवम् खानपिन होला ।
सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)
समय उत्तमखालको छ । न्यायिक क्षेत्रमा सफलता मिल्ला । अरूलाई प्रभाव पार्नसके आफ्नो काम बन्नेछ ।
कन्या (टो, प, पि, पु, ष, ण, ठ, पे, पो)
प्रतियोगितात्मक कार्यक्रममा संलग्न भइएला । आदर्श व्यक्तिको साथ र समर्थन प्राप्त भइरहला । मन प्रसन्न बन्नेछ ।
तुला (र, रि, रु, रे, रो, ता, ति, तु, ते
शुभकार्यको चर्चा चल्नेछ । सन्तान पक्षबाट विशेष सहयोग मिल्ला । सामाजिक काममा सक्रिय भइएला ।
वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, युसमय सामान्यखालको छ । गरेको काममा ढिलासुस्ती हुनेछ ।महइभ्वपूर्ण काममा बाधा व्यवधान आइपर्न सक्छ ।
धनु (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे
मनका इच्छा, आकांक्षा पूरा हुनेछन् । नयाँ वस्त्र तथा अलङ्कार प्राप्त हुनेछ । आफ्नो क्षमता प्रदर्शन गर्ने अवसर मिल्ला ।
मकर (भो, ज, जि, खि, खु, खे, खो, गा, गि)
पठन–पाठन तथा लेखन कार्यमा मन जानेछ । जागिरमा बढुवा तथा स्थानान्तरण होला । दाम्पत्य जीवन सुखमय बित्ला ।
कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द)
समय मध्यमखालको छ । शिर तथा आँखासम्बन्धी समस्याले निकै सताउला । आर्थिक सङ्कट आइपर्न सक्छ ।
मीन (दि, दु, थ, झ, ञ, दे, दो, च, चि)
ठेक्का–पट्टा तथा पर्यटन व्यवसायमा मन जानेछ । अवरुद्ध रहेका कामकाजह