श्री शालिवाहनीय शाके १९४१, ने. सं. ११३९, वि. सं. २०७६ साल आश्विन ३० गते बिहीबार, १७ अक्टोबर २०१९ । कार्तिक कृष्णपक्षको चतुर्थी तिथि २३ः५८ बजेसम्म, उप्रान्त पञ्चमी, नक्षत्र कृतिका १५ः४९, उप्रान्त रोहिणी । चन्द्रमाराशि वृष, सूर्योदय ६ः०५ र सूर्यास्त ५ः३२ बजे हुनेछ ।
मेष (चु,चे,चो,ला,लि,लिु,ले,लो,अ)
समय उत्तमखालको छ । धन आर्जनका नयाँ स्रोत फेला पर्नेछन् । अवरुद्ध रहेका कामकाज सुचारु हुनेछ ।
वृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो)
जग्गा जमिन तथा वाहन खरिद हुनेछ । माया प्रेमको सम्बन्ध विस्तार होला । मिष्ठान्न भोजन प्राप्त हुनेछ ।
मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, ह)
सेवामूलक कार्यक्रममा संलग्न भइएला । समाजका गन्यमान्य व्यक्तिहरूसित रमाइलो भेटघाट होला ।
कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो)
मुद्दा मामिलामा तपार्इंको विजय होला । नपत्याएका व्यक्तिहरूबाट उचित सहयोग मिल्ला । मन प्रसन्न बन्नेछ ।
सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)
खेलकुद तथा मनोरञ्जनात्मक कार्यक्रममा संलग्न भइएला । बिछोडिएका साथीभाइसित रमाइलो भेटघाट हुनेछ ।
कन्या (टो, प, पि, पु, ष, ण, ठ, पे, पो)
शिर तथा नशा सम्बन्धी समस्याले निकै सताउला । आर्थिक सङ्कट आइपर्न सक्छ । शरीर अस्वस्थ रहला ।
तुला (र, रि, रु, रे, रो, ता, ति, तु, ते)
रमणीय स्थानको भ्रमण गर्ने अवसर मिल्ला । पारिवारिक जीवनमा खुशीयाली छाउला । मन प्रसन्न बन्नेछ ।
वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु)
शैक्षिक क्षेत्रमा सफलता मिल्ला । विशिष्ट व्यक्तिको साथ र समर्थन प्राप्त भइरहला । मन प्रसन्न बन्नेछ ।
धनु (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे)
वस्त्र तथा आभूषण प्राप्त हुनेछ । पारिवारिक जीवनमा खुशीयाली छाउला । नयाँ कार्यको शुभारम्भ हुनेछ ।
मकर (भो, ज, जि, खि, खु, खे, खो, गा, गि)
शरीर अस्वस्थ्य रहला । काम गर्ने जोस जाँगरमा कमी आउला । आर्थिक सङ्कट आइपर्नसक्छ । दिन सामान्य छ ।
कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द)
मुद्दा मामिलामा तपाईको विजय होला । महिला मित्रको विशेष सहयोग मिल्ला । रमाइलो वातावरणमा दिन बित्ला ।
मीन (दि, दु, थ, झ, ञ, दे, दो, च, चि)
वस्त्र तथा आभूषण प्राप्त हुनेछ । मनमा हर्ष र उम· छाउला । मिष्ठान्न भोजन प्राप्त होला । दिन उत्तम छ ।