श्री शालिवाहनीय शाके १९४१, ने. सं. ११३९, वि. सं. २०७६ साल कार्तिक ०१ गते शुक्रबार, १८ अक्टोबर २०१९ । कार्तिक कृष्णपक्षको पञ्चमी तिथि २३ः५८ बजेसम्म, उप्रान्त षष्ठी, नक्षत्र रोहिणी १५ः५७, उप्रान्त मृगाशिरा । चन्द्रमाराशि वृष, सूर्योदय ६ः०६ र सूर्यास्त ५ः३१ बजे हुनेछ ।
मेष (चु,चे,चो,ला,लि,लिु,ले,लो,अ)
समय उत्तमखालको छ । कार्य व्यवसायमा सफलता मिल्ला । अवरोध रहेका कामकाज सुचारु हुनेछन् ।
वृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो)
धार्मिक तथा सामाजिक कार्यक्रममा संलग्न भइएला । समाजका गन्यमान्य तथा प्रतिष्ठित व्यक्तिसित भेटघाट हुनेछ ।
मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, ह)
खेलकुद तथा मनोरञ्जनात्मक कार्यक्रममा संलग्न भइएला । मिष्ठान्न भोजन प्राप्त हुनेछ । मन प्रसन्न रहला ।
कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो)
वस्त्र तथा आभूषण प्राप्त हुनेछ । माया प्रेमको सम्बन्ध विस्तार हुनेछ । वैदेशिक यात्राको अवसर मिल्ला ।
सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)
ठेक्का पट्टा तथा पर्यटन व्यवसायमा मन जानेछ । साथीभाइ तथा आफन्तको विशेष सहयोग मिल्ला ।
कन्या (टो, प, पि, पु, ष, ण, ठ, पे, पो)
समय सामान्यखालको छ । कार्य व्यवसायमा केही समस्या आइपर्न सक्छ । अनावश्यक कामको झन्झटमा फसिएला ।
तुला (र, रि, रु, रे, रो, ता, ति, तु, ते)
धर्म कर्म तथा समाजसेवामा मन जानेछ । अवरोध रहेका कामकाज सुचारु हुनेछन् । शुभ समाचार सुन्न पाइएला ।
वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु)
समय सामान्यखालको छ । पारिवारिक जीवनमा केही समस्या आइपर्न सक्छ । आर्थिक सङ्कट आइपर्न सक्छ ।
धनु (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे)
जग्गा जमिन तथा वाहन खरिद हुनेछ । नयाँ कार्य व्यवसायमा सफलता मिल्ला । मिष्ठान्न भोजन प्राप्त हुनेछ ।
मकर (भो, ज, जि, खि, खु, खे, खो, गा, गि)
अध्ययन अध्यापनमा भन्दा मनोरञ्जनात्मक कार्यक्रममा संलग्न भइएला । मिष्ठान्न भोजन प्राप्त हुनेछ ।
कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द)
कृषि तथा तत्जन्य कार्य व्यवसायमा मन जानेछ । मातृपक्षको विशेष सहयोग मिल्ला । मन प्रसन्न बन्नेछ ।
मीन (दि, दु, थ, झ, ञ, दे, दो, च, चि)
समय उत्तमखालको छ । सेवामूलक कार्यक्रममा संलग्न भइएला । राजनैतिक क्षेत्रमा प्रभुत्व जमाउन सकिएला ।