श्री शालिवाहनीय शाके १९४१, ने. सं. ११३९, वि. सं. २०७६ साल कार्तिक ०४ गते सोमबार, २१ अक्टोबर २०१९ । कार्तिक कृष्णपक्षको अष्टमी तिथि २३ः५८ बजेसम्म, उप्रान्त नवमी, नक्षत्र पुनर्वशु १४ः५१, उप्रान्त तिष्य । चन्द्रमाराशि मिथुन, सूर्योदय ६ः०८ र सूर्यास्त ५ः२८ बजे हुनेछ ।
मेष (चु,चे,चो,ला,लि,लिु,ले,लो,अ)
समय सामान्यखालको छ । बन्न लागेको काममा केही समस्या आइपर्न सक्छ । दिनको उत्तराद्र्धतिर राम्रो छ ।
वृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो)
अध्ययन–अध्यापनमा भन्दा मनोरञ्जनात्मक कार्यक्रममा संलग्न भइएला । धार्मिक यात्राको योग छ ।
मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, ह)
कला तथा साहित्यको क्षेत्रमा मन जानेछ । वैदेशिक यात्राको अवसर मिल्ला । रमाइलोमा दिन बित्नेछ ।
कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो)
नयाँ कार्य–व्यवसायको शुभारम्भ हुनेछ । मातृपक्षको विशेष सहयोग मिल्ला । रमाइलोमा दिन बित्ला ।
सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)
धर्म–कर्म तथा समाजसेवामा मन जानेछ । पारिवारिक जीवनमा खुशीयाली छाउला । मिष्ठान्न भोजन प्राप्त होला ।
कन्या (टो, प, पि, पु, ष, ण, ठ, पे, पो)
समय सामान्यखालको छ । शिर तथा आँखासम्बन्धी समस्याले निकै सताउला । आर्थिक सङ्कट आइपर्न सक्छ ।
तुला (र, रि, रु, रे, रो, ता, ति, तु, ते)
धर्म–कर्म तथा समाज सेवामा मन जानेछ । राजनैतिक निकायमा तपाईंको उच्च स्थान रहला ।
वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु)
शिर तथा आ“खासम्बन्धी समस्याले निकै सताउला । आर्थिक सङ्कट आइपर्न सक्छ । शरीर अस्वस्थ रहला ।
धनु (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे)
सुन–चाँदी तथा तत्जन्य कार्य व्यवसायमा मन जानेछ । मातृपक्षको विशेष सहयोग मिल्ला । मन प्रसन्न बन्नेछ ।
मकर (भो, ज, जि, खि, खु, खे, खो, गा, गि)
सेवामूलक कार्यक्रममा संलग्न भइएला । जागिरमा बढुवा तथा स्थानान्तरण हुनेछ । शुभसमाचार सुन्न पाइएला ।
कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द)
समय सामान्यखालको छ । बन्न लागेको काममा केही समस्या आइपर्न सक्छ । विश्वासपात्रबाट धोका होला ।
मीन (दि, दु, थ, झ, ञ, दे, दो, च, चि)
वस्त्र तथा आभूषण प्राप्त हुनेछ । घरपरिवारमा धार्मिक कार्यक्रमको आयोजना हुनेछ । मन प्रसन्न बन्नेछ ।